काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले युवालाई नवप्रवर्तनमार्फत स्वदेशमै क्रियाशील हुने वातावरण बनाइए विदेश जाने क्रम रोकिने बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ को छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लामो पहलपछि बेग्लै मन्त्रालय स्थापना भएको र यस क्षेत्रका लागि बजेट बढ्न थालेको बताए ।
मन्त्री पुनले मुलुकमा आविष्कार केन्द्र खोल्न आफूले विगतमा गरेका कामको चर्चा गर्दै अघिल्ला सरकारहरुले विज्ञान र प्रविधिलाई कम महत्व दिएकाले आफू राजनीतिमा आउनुपरेको स्पष्ट गरे ।
मन्त्रालयका लागि पुँजीगत खर्चको एक प्रतिशत (चार अर्ब) विनियोजन गरिएको जनाउँदै बजेट पेस भएको समयमा मन्त्री नियुक्त नभएकाले तीन अर्ब ४० करोड अवण्डामा राखिएको उनले बताए ।
मन्त्री पुनले प्रदेश र स्थानीय तहले पनि पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान र प्रविधिको क्षेत्रमा विनियोजन गर्न आग्रह गर्दै आएको उल्लेख गरे ।
मन्त्रालयले नेतृत्व पाएपछि नियम कानुनको तयारी एवं सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणलगायतका काममा लागेको उनले जानकारी दिए । युवा वैज्ञानिकलाई अनुसन्धानका लागि प्रस्ताव मागिने उनको भनाइ छ ।
मन्त्री पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक’ विचाराधीन रहेको र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलाई बजेट बढाइने अवगत गराए ।
नेपालमा हालसम्म ‘प्याटेन्ट राइट्स’ जम्मा ९० वटा मात्रै दर्ता भएको स्थितिमा सुधार ल्याइने प्रतिबद्धता व्यक्त गर्दै विज्ञानमा हुने खर्च लगानीका रुपमा रुपान्तरण हुने बताए ।
“विकसित देशले विज्ञान र प्रविधिका क्षेत्रमा लगानी गरेकाले उनीहरुले सुखको प्रतिफल पाएका छन्’’, मन्त्री पुनले भने, “देशको समृद्धिका लागि यस क्षेत्रमा बजेट बढाउनै पर्छ । विदेशमा रहेका प्रतिभा र वैज्ञानिकलाई खोजी खोजी स्वदेशमा ल्याउनुपर्छ । यसमा हामी काम गरिरहेका छौँ ।’’
सम्बन्धित समाचार
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
रास्वपा महामन्त्रीको निर्वाचन रोचक मोडमा : रञ्जुको समर्थन विपिनलाई
रास्वपा उपसभापतिमा सोविता निर्वाचित
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति’bout संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग
सरकारले ल्याएका ४ अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग
पूर्वमन्त्री पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत






