बाजुरा । त्रिवेणी नगरपालिका स्थित कैलासेश्वरी माविदम्थाको क्वारेन्टिाइनमा बसेका २२ र रत्नमा विक्वारेन्टनमा १ जना गरी २३ जनामा आरडीटी पोजेटिभ देखिएको छ । क्वारेन्टिाइनमा बसेका ५८ जनामा गरिएको आरडीटी जाँचमध्ये २३ जनामा पोजेटिभ देखिएको हो ।
जसमा नौ महिने र १६ महिने बालिका र १४ वर्षका बालकसहित २३ जना रहेका छन् । दुबै जना बालकबालिका धनगढीबाट आएका हुन् । उनका अभिभावकमा भने नदेखिएको त्रिवेणी नगरपालिकाका प्रवक्ता प्रेमबहादुर थापाले बताए । तर दम्थाको क्वारेन्टाइनमा बसेका र भारतबाट आएका २७ जनामध्ये भने २० जनामा आरडीटी पोजेटिभ देखिएको छ ।
१४दिनपुगेर आरडीटी नेगेभिट देखिएकालाई घर पठाइएको छ भने पोजेटिभ देखिएकालाई थप सुरक्षा र सावधानीपूर्वक क्वारेन्टिाइनमा राखिएको नगरपालिकाले बताएका छन् । रत्नमा क्वारेन्टिाइनमा २३ जनाको आरडीटी जाँच गरिएको ९ नम्बर वडाका अध्यक्ष वीरबहादुर विष्टले बताएका छन् ।
आरडीटी पोजेटिभ देखिएका २३ जनाकै स्वाब संकलन गरेर धनगढी पठाउनु पर्ने भए पनि प्रदेश सरकारले पाँच दिनसम्म स्वाब संकलनन गर्न भनेपछि समस्या देखिने भएको छ । थप चार दिन क्वारेन्टिाइनमा बसाएपछि मात्र स्वाब संकलन गर्नुपर्ने समस्या समाधान गर्न पोजेटिभ देखिएकाहरुले माग गरेका छन् ।
जिल्लामा यस अघि बडिमालिकामा ३६ जना, त्रिवेणी नगरपालिकामा २ जना, खप्तड छेडेदह र बुढीगंगा नगरपालिकामा १–१ जना गरी ४० जनामा आरडीटी पोजेटिभ देखिएको थियो । उनीहरुको स्वाब भने संकलन गरेर धनगढी पठाइसकिएको छ ।
भारत र नेपालभित्रैबाट आएकाहरु एकै क्वारेन्टिाइनमा राख्दा र एउटै शौचालय धाराको प्रयोग गर्नु पर्ने हुँदा कोरोना सर्ने डर देखिएको छ । खप्तड छेडेदह ७ स्थित मष्टा क्वारेन्टिाइन भित्रै ६५ वर्षका वृद्ध गीठे बुढाको मृत्यु भएको छ ।
जिल्ला अस्पतालको आइशोलेसन कक्षमा २ वर्षकी बालिकाको कोरोनाकै कारण मृत्यु भइसकेको छ, भने बालिकाकी आमा २३ वर्षीया महिला कोरोना संक्रिमत भएर उपचार भइरहेको छ । जिल्लामा पछिल्लो तीन दिनयता आरडीटी जाँचभइरहेको छ ।






