चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदाधिकारी चयनका लागि भएको मतदान सकिएको छ । उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि दोस्रो चरणको मतदान भएको थियो ।
मतदानका लागि पाँच बजेसम्मको समय निर्धारण गरेको रास्वपा निर्वाचन आयोगले पाँच बजेसँगै हलको ढोका बन्द गरे पनि भित्र प्रवेश गरेकाहरूलाई मतदान गर्न दिने बताएको छ ।
आयोगका अनुसार पदाधिकारीको मतदानमा १२/१३ सयको हाराहारीमा मत खसेको छ । ८० वटै मेसिनबाट कलेक्सन गर्न समय लाग्ने भएकोले अहिले नै यकिन गर्न नसकिने आयोगको भनाइ छ ।
आयोगका अनुसार अबको डेढ घण्टामा नतिजा घोषणा गर्ने तयारी भइरहेको छ । मतदान सकिएलगत्तै नतिजा सार्वजनिक गर्ने र नवनिर्वाचित केन्द्रीय कमिटीका नवनिर्वाचित सबै सदस्यहरूको शपथ ग्रहण हुने रास्वपाले जनाएको छ ।
महाधिवेशन आयोजक समितिले जारी गरेको सूचनाअनुसार नवनिर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम आज शुक्रबार साँझ ६ः ३० बजे महाधिवेशन स्थलको हलमै हुनेछ ।
आयोजकले शपथग्रहण कार्यक्रममा सहभागी हुन सबै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अनुरोध गरेको छ । आइतबार उद्घाटन भएको महाधिवेशन तीन दिनमा सकिने भनिए पनि लम्बिएर ६ दिन लागेको छ ।
सम्बन्धित समाचार
परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
पूर्वसभामुखले लिए सक्रिय राजनीतिबाट बिदा
रास्वपा महाधिवेशनमा गगन देखि बाबुरामसम्म
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
महामन्त्रीमा विपिनलाई पाँच नेताको समर्थन
रास्वपा महामन्त्रीको निर्वाचन रोचक मोडमा : रञ्जुको समर्थन विपिनलाई
प्रतिनिधिसभाको बैठक स्थगित






