गणेश नेपाली मृत्यु घटना संसदमा, प्रधानमन्त्री शाहको मौनतामाथि प्रश्न

काठमाडौं । मुगुका गणेश नेपालीको मृत्यु घटनालाई लिएर संसद्मा पनि आवाज उठेको छ। यस घटनालाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहको मौनतमाथि सांसदले प्रश्न गरेका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेश नेपाली मृत्य प्रकरणमा मौनता साँधेको भन्दै प्रधानमन्त्री शाहप्रति आक्रोश व्यक्त गरिन्। एक युवाको ज्यान जाँदा पनि प्रधानमन्त्री शाह कसरी चुप बसेका छन् भनेर प्रश्न गरिन् ।

‘प्रधानमन्त्रीज्यू, हिजोको घटनामा तपाईंको मौनता किनरु विपक्षमा हुँदा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईं तर आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाफ दिन किन टाढा हुनुहुन्छ ?’ थापाले प्रश्न गरिन्।

प्रमुख सचेतक थापाले सरकारको आतंकका कारण गणेशले आफनो शरीरमा आगो लगाउँदा पनि उपचारका लागि एम्बुलेन्सको समेत व्यवस्था नगरेर सरकारले अपराधिको जस्तो व्यवहार गरेको आरोप लगाइन्। एउटा नागरिकले आफनो शरीरमा आफैँले आगो लगाउनुपर्ने हृदयविदारक घटना घट्दा पनि सरकार गम्भिर नभएको थापाको भनाइ थियो ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

epaper

ताजा समाचार

विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्‍यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध