काठमाडौं । महिनौदेखी कार्यालयमा नपुगेका रौतहटको मौलापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले नगरपालिकाको खाताबाट करोडौं रुपैया अवैध रुपमा निकालेको खुलेको छ ।
मौलापुर नगरपालिकामा महिनौंदेखी नगएका घिमिरे काठमाडौंमै बसेर करोडौं रुपैया अवैध रुपमा निकालेको खुलेपछि त्यसलाई नगरपालिकाको खातामा तुरुन्त फिर्ता ल्याउन र घिमिरेलाई निलम्बन गरेर छानविन गरी कारवाही गर्न माग गरिएको छ ।
मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले प्रशासनिक प्रमुखको हैसियतमा आफूलाई तोकिएको काम कर्तव्य पालना गर्नूको सट्टा करोडौं रकम दुरुपयोग गरि लूट मचाउने कार्य कुनै पनि हिसाबले सही नभएको भन्दै सो रकम पालिकाको खातामा ल्याएर छानबिनको गर्नुपर्ने जनाएकी छन् ।
‘मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले काठमाडौंमै बसेर हिजो नगरपालिकाको खाताबाट करोडौं रुपैयाँ निकालेको विषयप्रति मेरो गम्भीर ध्यानाकार्षण भएको छ । महिनौंदेखि कार्यालय नआउने, नगरपालिकालाई अस्तव्यस्त बनाउने, नगरको सेवाप्रवाहलाई ठप्प पारी सेवाग्राहीलाई दुःख दिने, बजेट फ्रिज गराई बिकास निर्माण अवरुद्ध पार्ने, मुख्यतः प्रशासनिक प्रमुखको हैसियतमा आफूलाई तोकिएको काम कर्तव्य पालना गर्नूको सट्टा दुरुपयोग गरि लूट मचाउने कार्य कुनै पनि हिसाबले सही छैन,’ मौलापुरका मेयर रिना साहले शुक्रबार जारी गरेको प्रेम विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेतृत्वको जानकारी र निर्णयबिना चुपचाप खाता साफ गरेको घटना गम्भीर आर्थिक अपराध भएको भन्दै मेयर साहले सरकारी खाताबाट मनपरी निकालिएको अवैध रकम तुरुन्त नगरपालिकाको खातामा फिर्ता गर्न उपसचिव घिमिरेसँग बिशेष आग्रह गरेकी छन् ।
‘सरकारी ढुकुटीलाई आफ्नो पैतृक सम्पत्तिजस्तो ठानेर मनपरी लुट मच्चाउने यो कार्य आर्थिक उदण्डताको पराकाष्ठा मात्र नभई भ्रष्टाचारजन्य अपराध हो । यसमा संलग्न जोसुकै भएपनि छानबिनको दायरामा ल्याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउदछु,’ मेयर साहले भनेकी छन् ।
यसरी खुलेआम कार्यक्षेत्रमा नगई काठमाडौंमै बसेर गरेको आर्थिक अनियमितता एवं भ्रष्टाचारले नगरवासी पीडित भएको छ । ‘नगरपालिकामा उस्तै प्रकृतिको विषयमा लाभ हुने ठाउँमा भुक्तानी गरिएको र लाभ नहुने ठाउँमा भुक्तानी रोकिएको विषयले पनि थप तनाव उत्पन्न भएको अवस्था छ । यसर्थ, गैरकानूनी काम गरेका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई तत्काल निलम्बन गरी सरकारी खाताबाट निकालिएको करोडौंको अवैध रकम उसूलऊपर गरि नगरपालिकाको खातामा पिर्ता गराई दिन हुन नेपाल सरकारसंग जोडदार माग गर्दछु,’ मेयर साहले विज्ञप्तीमा उल्लेख गरेकी छन् ।
मौलापुरको समस्या समाधान दिन पटक पटक चुकेको संघीय मन्त्रालयले अन्तिमपटक आँखा खोलोस र समस्याको सही निकासको पहल गरोस विशेष आग्रह उनले गरेकी छन् ।
मौलापुर नगरपालिकाको हकमा हालै सम्मानित सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश समेतको गर्ने घिमिरेको कार्यशैलीको कारण मौलापुरवासी आन्दोलित भएका छन् । मौलापुरबासीले बिहीबार प्रधानमन्त्री वालेन शाहको पुतला दहन गर्दै आन्दोलन गरेका थिए ।
सम्बन्धित समाचार
कालिकोटका सबै स्थानीय तहले ल्याए बजेट
प्रतिनिधिसभामा आर्थिक विधेयकमाथि छलफल
सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत
आर्थिक अपराध हेर्ने छुट्टै निकाय चाहिन्छ: अर्थमन्त्री
ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली
मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव
सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने
राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत






