उद्यमी अस्मिनकुमार राउतद्वारा आत्मदाहको प्रयास

काठमाडौं । उद्योगी अस्मिनकुमार राउतले आत्मदाहको प्रयास गरेका छन् । ५० बर्षिय राउतले काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरको भान्साकोठामा आत्मदाहको प्रयास गरेका हुन् । श्रीमती र छोरासँगै बस्दै आएका राउतले कोही नभएको अवस्थामा शनिबार विहान ७ बजे आत्मदाहको प्रयास गरेको पारिवारिक स्रोतले जानकारी दिएका छ ।

६० प्रतिशत जलेको अवस्थामा उनलाई उद्दार गरी अस्पताल पु-याइएको उनका भाइ दिपक राउतले जानकारी दिए । दयनीय अवस्थामा राउतको बीर अस्पालमा उपचार भइरहेको उनको भनाई छ ।

केही समयअघि भारतमा उपचार गराएर फर्केका उनी स्वास्थ उपचार पछि ‘बेड रेस्ट’मा थिए । उनले आत्मदाहको प्रयास गर्नुपर्ने कारण खुलिनसकेको प्रहरीले जानकारी दिएको छ ।

निर्माण व्यवसायी समेत रहेका राउतले लामो समयदेखि सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि सञ्चालन गर्दै आएका छन् । उनले दिब्यश्री ट्रेड कन्सर्न प्रालिका नामका व्यवसायिक संस्था पनि सञ्चालन गर्छन् । हेटौंडामा रहेको सुपर वायरले तार जाली उत्पादन गर्छ भने दिब्यश्री ट्रेड कन्सर्नले निओन ब्राण्डका होम एप्लायन्सेसको नेपालका आधिकारिक विक्रेताका कार्य गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

epaper

ताजा समाचार

गौथलीको अमेरिका राइटस बिक्री, साउन १ गते सिनेमा हलमा