दैलेख । केही दिन अगाडी क्वारेन्टाईनमा मृत्यु भएका दुल्लू नगरपालिका ११ का ३५ बर्षिया कर्णबहादुर थापाको आफन्तलाई दुल्लू नगरपालिकाले २५ हजार रुपैंया किरिया खर्च दिएको छ । शनिवार नगरप्रमुख घनश्याम भण्डारीले मृतकको घरमा पुगेर परिवारका सदस्यलाई किरिया खर्च दिएका हुन् ।
भारतको एक होटलमा काम गर्ने थापाको दुल्लू नगरपालिकाले बनाएको नेपाल प्राविधिकरणको क्वारेन्टाईनमा मृत्यु भएको थियो । तीनदिन अघि स्वाब संकलन गरिएको मृतकको मृत्यु पछि मात्र रिर्पोट पोजेटिभ आएको थियो । थापाको जेठ १७ मा विहान चिया विस्कुट खाईसकेपछि मृत्यु भएको थियो ।
मृतक थापाकी छोरीलाई निशुल्क प्राविधिक शिक्षा अध्ययन गराईने दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले बताए । उनले भने, ‘अहिले मृतकको छोरी कक्षा १० मा अध्ययनरत छिन् । उच्च शिक्षाको लागि नगरपालिकाले सहयोग गर्ने भएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)