एक वर्षमा काठमाडौंमा २५ सय २८ विरोध प्रदर्शनका घटना

काठमाडौं । काठमाडौंमा एक वर्षमा २५ सय ८२ वटा विरोध प्रदर्शन भएका छन्। २०८२ साउनदेखि २०८३ असार मसान्त सम्ममा २५ सय ८२ वटा विरोध प्रदर्शनका घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

शुक्रबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले त्यस’bout जानकारी दिएका हुन् । त्यसमा विरोध, र्‍याली र जुलुस भएका थिए।

प्रदर्शन नियन्त्रणमा लिन ३९ हजार ८५४ प्रहरी परिचालन गरिएको थियो । विरोध प्रदर्शन, चाडपर्व सुरक्षा, जात्राहरू र मेगा इभेन्टको सुरक्षामा प्रहरी परिचालन गरिएको एसपी भट्टराईले बताए।

१ लाख ८२ हजार ६६४ जना सेवाग्राहीले जिल्ला प्रहरी परिसर काठमाडौं र मातहतका युनिटबाट सेवा लिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा