सीमा सहजीकरणका लागि सशस्त्रद्वारा ५ वटा सीमा नाकामा सादा पोसाकको टिम परिचालन

काठमाडौं । सीमा सहजीकरण तथा सीमा इलाकामा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र सूचना संकलन गर्न सशस्त्र प्रहरी बल नेपालको बोर्डर इन्टरएक्सन टिम (बीआईटी) परिचालन गरिएको छ ।

साउन १० गतेदेखि नेपाल–भारत सीमाका मुख्य नाकाहरू झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रुपन्देहीको डन्डा, बाँकेको जमुनाह र कैलालीको त्रिनगरमा सशस्त्र प्रहरी नायव निरीक्षकको कमान्डमा एक ठाउँमा १४ जना रहने गरी टोली परिचालन गरिएको हो ।

सो टोली त्यस क्षेत्रमा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा तैनाथ रही सीमाको मुख्य नाकाहरूमा परिचालन हुनेछन् ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले आइतबार रुपन्देहीको डन्डामा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा पुगी सो टोलीलाई आवश्यक निर्देशन दिँदै टोली परिचालनको शुभारम्भ गर्नुका साथै सीमा क्षेत्रमा हुने दैनिक क्रियाकलापका ’boutमा समेत जानकारी लिएका छन् ।

सो टोलीले विशेषगरी सीमा क्षेत्रमा आवतजावत गर्ने महिला, बालबालिका र वृद्धवृद्धाहरुको सहजीकरण, मानव बेचबिखन नियन्त्रण तथा उद्धार, प्रतिबन्धित लागूऔषध, वन्यजन्तुलगायतका सामाग्रीहरूको निगरानी, नियन्त्रण तथा चेकजाँचमा कडाइका साथ काम गर्नेछ । सो टोलीबाट सीमा क्षेत्रमा परिचालित सरोकारवाला निकाय तथा अन्य सुरक्षा नियकाहरुसँग समन्वयमा सीमा इलाकामा हुनसक्ने आपराधिक क्रियाकलाप रोकथाम र नियन्त्रणलगायतका अन्य अप्रेशनल कामकारबाहीमा समेत सहयोग पुग्ने विश्वास सशस्त्र प्रहरीले लिएको छ ।

सशस्त्रका डीएसपी शैलेन्द्र थापाका अनुसार आइतबार नै अन्य नाकामा समेत सम्बन्धित बाहिनीका बाहिनीपतिहरुले टोली परिचालनको शुभारम्भ गरेका छन् । मुख्य सीमा नाकाहरूमा परिचालन हुने सो टोलीमा प्रत्येक सिफ्टमा एक जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित बिहान ६ बजे देखि साँझ ८ बजेसम्म सादा पोसाक (सफारी सुट)मा रहने छन् ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

epaper

ताजा समाचार

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित