दैलेख । कर्णाली प्रदेशको कोरोनाबाट मृत्यु भएको दुल्लू नगरपालिकामा सोमबार तीन जनाले कोरोना जीतेर घर फर्किएका छन् । दश दिनमै कोरोना रिर्पोट नेगेटिभ देखिएपछि दोसल्ला ओढाई घर पठाईएको हो । कोरोना जितेर घर फर्किनेमा दुल्लूनगरपालिका ११ का २३ बर्षिया गर्भवती महिला,उनको नालाबलक २ बर्षिय छोरा सोही ठाउँकी ३३ बर्र्षिय महिला रहेकी छन् । दुल्लु नगरपालिकामा ३९ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये तीनजना निको भएर डिस्चार्ज भएका छन् भने एकजनाको मृत्यु भइसकेको छ ।
त्यसैगरि सोमबार नै दैलेखको नारायण नगरपालिकामा ९ को सरस्वती माविको आईसोलेनशमा रहेकी एक महिला डिस्र्चाज भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ । ती महिलाको रिर्पोट नेगेटिभ आएपछि घर पठाएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत थिरप्रसाद रेग्मी जानकारी दिए । तर उनका श्रीमानको १४ दिनपछि रिर्पोट पोजेटिभ देखिएकाले आईसोलेशनमा छन् । आमा सँग रहेको नाबालकको भने कोरोना रिपोर्ट नेगेटिभ नै रहेको छ,रेग्मी बताए । डुङ्गेश्वर गाउँपालिकाका ३ मध्ये एक जना निको भएर डिस्चार्ज भएका छन् ।
संक्रमित बढनथालेपछि क्वारेन्टाईनलाई आईसोलेशन बनाईदै
विश्वव्यापी फैलिएको कोरोना भाईरस कोभिड –१९ का संक्रमित बढन थालेपछि क्वारेन्टाईनलाई नै आईसोलेशन बनाउन थालिएको छ । जिल्लामा आईसोलेशन कक्षको अभाव हुन थालेपछि जिल्लाका ११ वटै स्थानीय तहहरुले क्वारेन्टाईनलाई आईसोलेशन बनाउन थालेका छन् । जिल्लामा कोरोना पोजेटिभको संख्या ३ सय ६१ जना पुगेको छ ।
जिल्ला सदरमुकाम समेत रहेको नारायण नगरपालिकामा कोरोना पोजेटिभको संख्या १ सय ९४ रहेकोले जिल्लाकै हेडक्वार्टर रहेको सदरमुकाम कोभिड १९ को संक्रमितको हेडक्वार्टर बनेको छ । समयमै भारतमा रहेका मानिसको तथ्यांक के कति छ नगरपालिका नराख्दा र अस्तव्यस्त क्वारेन्टाईन हुँदा कोरोना संक्रमितको संख्या जिल्लाकै सबै भन्दा नारायण नगरपालिकामा देखिएको हो ।
एउटै कोठामा ३० जना समेत कोचा कोच गरेर बस्नु पर्ने बाध्यताले नै हामीहरु संक्रमित हुनुपरेका नारायण क्याम्पस आईसोलेनशनमा बसेका एक संक्रमितले बताए । उनले भने,नगरपालिकाको जनताप्रति उतरदायि नहुँदा र व्यवस्थापन कमजोरीकै कारण आफुहरु संक्रमित भएर आईसोलेशन बस्नुपरेको हो,उनले दुखेसो पोखे । आरडीटी परिक्षण र पीसीआर परिक्षण समयमै रिर्पोट नआउँदा यो समस्या हामीले झेल्नु परेको हो । यसमा प्रदेश सरकार ,स्थानीय सरकार,जिल्ला प्रशासनकै लापरवाही देखिएको जिल्ला सदरमुकामबासी बताउँछन् ।






