गण्डकी । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, क्षेत्रीय कार्यालयले शनिबार ‘तनाव व्यवस्थापन एवं खुसियालीपूर्ण जीवनका रहस्य’ विषयमा कार्यशाला आयोजना गरियो ।
विभिन्न पेसा, व्यवसायमा आबद्ध भएकाहरूलाई लक्षित गरी तीन चरणमा आयोजित कार्यशालामा योग तथा ध्यान प्रशिक्षक ऋषिराम न्यौपानेले सकारात्मक सोच, तनाव व्यवस्थापन, कार्य–जीवन सन्तुलन तथा मूल्यमा आधारित जीवनशैलीका विषयमा प्रशिक्षण दिएको थियो ।
व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैलीका कारण बढ्दो मानसिक तनाव र कार्यदबाबलाई सकारात्मक रूपमा व्यवस्थापन गर्दै मूल्यमा आधारित स्वस्थ, खुसी र सन्तुलित जीवनशैली विकासका लागि कार्यशाला आयोजना गरिएको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका प्रमुख सावित्री दिदीले बताए ।
‘सकारात्मक सोचौँ, सन्तुलित जीवन बाँचौँ, सुखमय समाज निर्माण गरौँ’ नाराका साथ सञ्चालित कार्यशालामा उच्च अदालत पोखरा बाग्लुङ इजलासका न्यायाधीश सरला पाण्डेलगायत समाजका प्रतिष्ठित व्यक्तिको सहभागिता थियो ।
सम्बन्धित समाचार
सरकारले जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिने
गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको बीउबिजन
केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
बाढीको जोखिममा ३१ जिल्ला, सतर्क रहन आग्रह
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे
यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
मनसुन विपद्ः बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते






