काठमाडौं । मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो देशको राष्ट्रिय झण्डा फहराइयो । आज यहाँ आयोजित कार्यक्रममा नेपाल तथा भारतका लागि मोरक्कोका राजदूत मोहम्मद मलिकी र वाणिज्यदूत मेघा चौधरीले संयुक्त रूपमा झण्डा फहराए ।
त्यस अवसरमा शिष्टाचार महापाल कुमार खरेलले नेपाल–मोरक्को कूटनीतिक सम्बन्ध’bout चर्चा गर्दै व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदानप्रदानका माध्यमबाट पारस्परिक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
राजदूत मलिकीले मोरक्को र नेपाल सम्बन्धलाई अझ उन्नत तुल्याउन आफू क्रियाशील रहेको बताए । यसै अवसरमा मोरक्कोको कलासंस्कृति’bout जानकारी दिने उद्देश्यले ललितपुरमा एकदिवसीय प्रदर्शनी पनि आयोजना गरिएको छ ।
प्रदर्शनीमा मोरक्कोका परिकार, माटाका परम्परागत सामग्री , त्यहाँका प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी परिचयपुस्तिकालगायत वस्तु राखिएका छन् ।
सम्बन्धित समाचार
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण
झापा जिल्ला अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट
सि.सं. ३६ गुल्मपति तथा स्टाफ कोर्षमा सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ सर्वप्रथम
नागरिकका गुनासा सुन्दै गाउँटोलमा सांसद रानामगर
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
खैरो हेरोइनसहित चार जना पक्राउ
कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै






