काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित सि.सं. ३६ गुल्मपति तथा स्टाफ कोर्ष (सीसीएससी) मा सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ सर्वप्रथम भएका छन् । यसैगरी इन्डिभिज्युल रिसर्च पेपरतर्फ सशस्त्र प्रहरी निरीक्षक महेश दाहाललाई पुरस्कृत भएका छन् ।
राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा बिहीबार आयोजित विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सर्वप्रथम भएका गुरुङ, इन्डिभिज्युल रिसर्च पेपरतर्फ पुरस्कृत भएका दाहालसहित सफलतापूर्वक तालिम सम्पन्न गरेका सबैलाई बधाईसहित प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण जनशक्ति आफ्नो कार्यमा पूर्णरुपमा व्यावसायिक र निष्पक्ष हुन जरुरी रहेको बताए । उनले उत्कृष्ट र सफलतापूर्वक तालिम सम्पन्न गरेका अधिकृतहरूलाई बधाई दिँदै तालिममा सिकेका सैद्धान्तिक एवं व्यावहारिक ज्ञानलाई कार्यक्षेत्रमा अक्षरशः पालना गर्दै उच्च अनुशासन र मनोबलका साथ इमानदार भई सदैव राष्ट्र र संगठनको हितमा कार्य गर्न निर्देशन दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले प्रशिक्षार्थी अधिकृतहरूले सफलतापूर्वक तालिम सम्पन्न गर्नु नेतृत्व विकासका लागि संगठनले गरेको लगानीको पूर्णता भएको उल्लेख गर्दै यस तालिमले अधिकृतहरूमा अनुशासन, परिपक्व नेतृत्व, व्यावसायिकता र सकारात्मक सोचको विकास गर्ने विश्वास व्यक्त गरे । उनले उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै कार्यक्षेत्रमा संगठनमा कार्यरत मध्यम तहका अधिृकतहरुले सही समयमा विवेकपूर्ण र तथ्यमा आधारित निर्णय लिन सकियो भने संगठनले लिएको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने धारणा राखे ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद देशको जुनसुकै क्षेत्र र जस्तोसुकै कठिन परिस्थितिमा पनि परिचालन हुनसक्ने शारीरिक, मानसिक, बौद्धिक, नैतिक रूपमा सक्षम र व्यावसायिक जनशक्ति तयार गर्न राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सो प्रशिक्षण प्रतिष्ठानलाई थप आधुनिकीकरण र वैज्ञानिक बनाउँदै लैजान जरुरी रहेको बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गणेशबहादुर ठाडा मगर र अञ्जनीकुमार पोखरेल, प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापालगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरूको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ
लागूऔषधको डरलाग्दो लत
झापामा वित्तीय अपराध बढ्दो, एक वर्षमा ३७३ मुद्दा दर्ता
रौतहट प्रहरीको एक वर्षः ४४८ फरार प्रतिवादी पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
महानिर्देशक अधिकारीविरुद्ध पौने २ करोडको घुस मुद्दा
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम






