सेवाग्राहीसँग घुस मागेको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध मुद्दा

काठमाडौं । १२ हजार घुससहित वन कार्यालय प्रमुख पक्राउ परेका छन् । सिरहास्थित सब–डिभिजन वन कार्यालय, बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौं) राम केवल राय यादव सेवाग्राहीबाट रु. १२ हजार घुस लिइसकेकोअवस्थामा पक्राउ परेका हुन्।

पक्राउ परेका यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार उद्योगका लागि ल्याइएका काठहरूको सिलबन्दी अनुसार भएरनभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस मागेको भन्ने उजुरीका आधारमा उनीमाथि अनुसन्धान गरिएको थियो।

अनुसन्धानबाट काष्ठ उद्योगमा काठ लिएर आएका ट्रकहरूको सिल खोलेको मुचुल्का गरिदिएबापत विभिन्न बहाना बनाई सेवाग्राहीसँग रु। १२ हजार घुस मागी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

आयोगले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अन्तर्गत कसुर ठहर गर्दै बिगो बराबर रु. १२ हजार कायम गरी सोही ऐनबमोजिम कैद तथा जरिवानाको मागदाबी सहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान