धुलो टकटक्याएर फेरि उठ्नसक्छौँ, आरोप-प्रत्यारोप छोडौँ : नेपाल

काठमाडौं । नेकपाका सहसंयोजक माधव नेपालले विगतको आत्मसमीक्षासहित कम्युनिस्ट आन्दोलन अगाडि बढाउनुपर्ने बताएका छन्।

२४ औँ बोत्ले स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विगतमा भएका कमजोरीको कारणले जनतामा निराशा बढेको स्वीकारे ।

उनले भने, ‘कम्युनिस्ट पार्टीप्रतिको आकर्षण घटेको छ। त्यसको खोजी गर्ने काम गरौँ। त्रुटि सच्याउने साहस गरौँ। धुलो टकटक्याएर फेरि उठौँ। हामी सबै चुनौतीको सामना गर्न सक्छौँ भनेर नयाँ विश्वासका साथ हामी अगाडि बढ्नुपर्दछ।’
उनले बहसबाट भागेर समस्याको समाधान नहुने बताए।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

सुनकोशी दुर्घटना अपडेटः गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या