राजविराज । शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर बन्दै गएका बेला यहाँका एक शिक्षा प्रेमी तथा समाजसेवीले यसको अवस्था उकास्न ट्रष्ट निर्माणका लागि एक करोड भन्दा बढी मुल्यको जग्गा निशुल्क प्रदान गरेका छन् ।
यति मात्र होईन । ति समाजसेवीले निजी खर्चमै उक्त जग्गामा शिक्षा र स्वास्थ्य सम्बन्धि गतिविधि सञ्चालन गर्न तथा गरिव, असहाय, बेसहारा व्यक्तिका लागि वास स्थल, आश्रम लगायतका संरचना निर्माण कार्य पनि सुरु गरेका छन् । उनी हुन् राजविराज नगरपालिका १६ वोरिया निवासी ७२ बर्षीय डा. चिरञ्जीवी लाल देव ।
शिक्षा र स्वास्थ्यक्षेत्रको उत्थानका लागि ट्रष्ट बनाउन एक करोड भन्दा बढीको जग्गादान संगै निजी खर्चमा निर्माण
उनले ट्रष्ट निर्माणका लागि सोही वडामा पर्ने छिन्नमस्ता सडक खण्डको किनारमै एक करोड १० लाख मुल्य बराबरको डेढ कठ्ठा जग्गा निशुल्क प्रदान गरेका छन् । शिक्षा क्षेत्रमा अब्बल विद्यालयको रुपमा ख्याती कमाएको राजविराज ५ स्थित जानकी–अयोधी सेकेण्ड्री स्कूलका संस्थापक रहेका उनी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको प्रमुखको जिम्मेवारी सम्हाली सकेका छन् ।
केही समय अघि उनी सेवा निवृत भएका हुन् । जग्गा प्रदान संगै स्थानिय प्रशासनमा विधिवत् दर्ता भई निर्माण कार्य समेत सुरु भएको ट्रष्टको स्थानियकै सल्लाह सुझावमा ‘जानकी–अयोधी–मञ्जु–डा चिरञ्जीवी च्यारेटी ट्रष्ट’ नामांकरण गरिएको छ । एक बर्ष भित्र उक्त जग्गामा ट्रष्टका लागि आवश्यक भवन निर्माण कार्य सम्पन्न गरी सेवा सुचारु समेत गर्ने उनको लक्ष्य छ ।
शिक्षामा विद्यावारिधि गरेका डा. चिरञ्जीवीका छोरा राजेश, छोरी खुश्वु र वुहारी उषा तीनै जना नाम चलेका डाक्टर हुन् । उनीहरु समेतको चाहना अनुसार आफूले ट्रष्ट मार्फत विपन्न लक्षित सामाजिक कार्य अगाडी बढाउने योजना बनाएको उनको कथन छ । ट्रष्ट अन्तर्गत सामाजिक कार्यका लागि सामुदायिक भवन पनि बनाउने उनको योजना छ । प्रारम्भिक चरणमा सहुलियत दरको पोली क्लिनिक, प्राविधिक शिक्षालय खोलिने र त्यसपछि क्रमशः आश्रम र सामुदायिक भवन थपिदै सेवा विस्तार गर्दै लगिने उनको भनाई छ ।
उनले आफू बाँचुञ्जेल समाजमा अन्य परोपकारी कार्यका लागि सहयोग गरिरहने उद्घोष पनि गरेका छन् । स्थानियबासी एवं अधिवक्ता संतोष चौधरीले शिक्षा, स्वास्थ्य र सामाजिक कार्यका लागि जग्गाको खोजी भईरहेको बेला खुल्ला हृदय बेला डा. देवले निशुल्क जग्गा दान संगै आर्थिक सहयोग समेत गरेर समाजलाई ठूलो गुण लगाएको बताए ।
छिट्टै भवन बनाएर जनतालाई सहज रुपमा शिक्षा, स्वास्थ्य र सामाजिक कार्य लगायतका सेवा प्रदान गर्न डा. देवले देखाएको सक्रियता उदाहरणीय रहेको भन्दै उनले यस कार्यमा अन्य व्यक्ति संघ संस्थाले पनि सहयोग गर्नुपर्ने आवश्यकता औल्याए ।
सम्बन्धित समाचार
सरकार र चिकित्सकबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?
थलाराको शिक्षामा डिजिटल क्रान्ति
आशा हराउँदै गएको घरमा मानवताको उज्यालो !
सुशासन, असल शासनको अभ्यास
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
नास्पातीको क्रेटभित्र ठूलो परिमाणमा गाजा जस्तो सामान, तीन जना पक्राउ






