चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जंगली हात्ती देखिन थालेको छ । झन्डै दुई सातादेखि अन्दाजी १८–१९ वर्षको जंगली हात्ती देखिन सुरु गरेको हो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत प्रविन पौडेलका अनुसार हात्ती सौराहाको मध्यवर्ती वन क्षेत्रमा रहने गरेको छ । केही दिनअघि हात्ती प्रजनन केन्द्र पुगेको यस हात्तीलाई त्यहाँ आउने अन्य जंगली हात्तीबाट लखेटिएको जनाइएको छ । अहिले सौराहास्थित निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती भएका ठाउँमा आउने गरेको उनले बताए । यस हात्तीले अहिलेसम्म मानव बस्तीमा पसेर दुःख दिएको छैन ।
संरक्षण अधिकृत पौडेलका अनुसार यस्ता हात्ती बथानबाट लखेटिएर एक्लिने गर्दछन् । बथानको नेतृत्व पोथी हात्तीले सम्हाल्ने गर्दछ । अल्लारे उमेरका यस्ता भाले हात्तीले उपद्रो मच्चाएमा बथानका कमाण्डरले लखेट्ने गरेको अध्ययनहरूले देखाएको उनले जनाए । अहिले धेरै समय यसले सौराहाका मध्यवर्ती क्षेत्रमा विचरण गरेर बिताउने गरेको छ भने कहिलेकाहीँ पोथी हात्तीहरूको खोजीमा सौराहाको हात्तीसारमा पुग्ने गरेको छ ।
अहिले निकुञ्जमा धुर्बे, गोविन्दे, रोनाल्डोजस्ता जंगली हात्ती एक्लिएर बसेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा पहिले–पहिले रोमियो, नानापाटेकर, मकुनाजस्ता हात्तीहरू रहेका थिए । तीमध्ये मकुनाले आक्रमण गर्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाउँदा मकुना मरेको थियो ।
सम्बन्धित समाचार
नास्पातीको क्रेटभित्र ठूलो परिमाणमा गाजा जस्तो सामान, तीन जना पक्राउ
पीआर लिएका दुई नापी अधिकृतलाई कारबाही सिफारिस
बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको घटेन भाडा
राष्ट्रिय परिचयपत्रको सिस्टम खरिदमा कानुनी प्रश्न
आश्रयविहीनहरूको सहारा बन्दै मानवसेवा आश्रम
एकै व्यक्तिले गरे झण्डै दुई अर्ब रुपैयाँबराबरको हुण्डी कारोबार, बैंकिङ कारोबार विश्लेषणपछि पक्राउ
आन्दोलन फिर्तासँगै आजबाट अस्पतालमा नियमितरूपमा सबै सेवा सुचारु
रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान






