यू–१९ गर्ल्स बास्केटबल लिग काठमाडौंमा सुरु

काठमाडौं । युवा महिला खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यू–१९ गर्ल्स बास्केटबल लिग २०८३ काठमाडौंमा सुरु भएको छ।

लेट्स गो बास्केटबल एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको पहिलो दिन आयोजक लेट्स गो बास्केटबल एकेडेमी, आईएसए नेपाल र कीर्तिपुर क्राउन्स विजयी भएका छन्।

पहिलो खेलमा आयोजक लेट्स गो बास्केटबल एकेडेमीले जेभियर कलेजलाई ४८–२४ अंकले पराजित गर्‍यो। त्यस्तै, आईएसए नेपालले रिम रनर्सलाई ३५–२९ अंकले हराउँदा कीर्तिपुर क्राउन्सले भीएस बलर्समाथि ५२–२८ अंकको जित निकाल्यो।

अर्को खेलमा यचु एकेडेमी र सगरमाथा कलेजबीचको प्रतिस्पर्धा ३१–३१ अंकको बराबरीमा टुंगिएको छ। प्रतियोगिताका खेलहरू लेट्स गो बास्केटबल एकेडेमीको कोर्टमा हरेक आइतबार, मंगलबार र शुक्रबार सञ्चालन हुने आयोजकले जनाएको छ।

युवा महिला खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्दै उनीहरूको क्षमता र प्रतिभा विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु