बिहार । रौतहट-बारा सँग सीमाना जोडिएको भारतको बिहारस्थित मोतिहारीमा गुरु- शिष्यको पवित्र सम्बन्धलाई कलंकित पार्ने गम्भीर घटना सार्वजनिक भएको छ । विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक नाबालिग छात्रालाई डर-धम्की दिई बलात्कार गरेको आरोप लागेको छ ।
घटना मोतिहारीको राजेपुर थाना क्षेत्रअन्तर्गत मनियारपुर गाउँको हो। आरोपित विक्की सिंह गाउँमै निजी विद्यालय सञ्चालन गर्दै आएका छन्। उनी सोही विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसमेत रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विक्की सिंहले आफ्नै विद्यालयमा अध्ययनरत एक नाबालिग छात्रालाई डर–धम्की देखाएर बलात्कार गरेको आरोप छ। घटनापछि छात्रा बेहोस भएको बताइएको छ। घटना’bout परिवारले जानकारी पाएपछि आरोपितसँग सोधपुछ गर्दा उल्टै परिवारका सदस्यसँग अभद्र व्यवहार गरेको आरोपसमेत लागेको छ।
घटनापछि पीडित छात्राकी आमाले मोतिहारी महिला थानामा पुगेर विक्की सिंहसहित अन्य व्यक्तिविरुद्ध जाहेरी दिएकी छन्। प्रहरीले घटनासम्बन्धी काण्ड नम्बर ६९र२६ मा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाको विरोधमा स्थानीय बासिन्दासमेत आक्रोशित बनेका छन् । दोषीमाथि कडा कारबाही र पीडितलाई न्यायको माग गर्दै स्थानीय स्तरमा प्रदर्शनसमेत भएको बताइएको छ।
सम्बन्धित समाचार
सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी
सप्तरीमा कर्फ्यु आदेश केही खुकुलो, ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न पाइने
दिल्लीकी मुख्यमन्त्री पशुपतिनाथको दर्शन गर्न आउने
बहुप्रतिक्षित मानव बेचबिखन नियन्त्रण संशोधन विधेयकमा छलफल
चन्दा उठाएर बेसहारा खातुनलाई नयाँ जीवन दिने प्रयास
दलित समुदायका थर सूचीकरण गर्नुअघि मन्त्रालयद्वारा सुझाव माग
लुकाएर राखिएको १३ सिलिण्डर ग्यास भेटियो, तिराइयो ५० हजार रुपैयाँ जरिवाना
बढे विपद्का घटना, एकै दिन ४१ घटना






