युवालाई शिक्षा, रोजगारी र उद्यमसँग जोड्न ‘युथ इकोसिस्टम’ बन्दै

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार, उद्यमशीलता, लगानी हुँदै राष्ट्रिय विकाससम्म युवाहरूलाई जोड्न एकीकृत ’युथ इकोसिस्टम’ निर्माण भइरहेको बताएका छन् ।

अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले राष्ट्रिय युवा परिषद्, ७५३ वटै स्थानीय तहका रोजगार सीप तथा उद्यमशीलता सेवा केन्द्रहरू, र युवा तथा साना व्यवसायी स्वरोजगार कोष लगायतका संयन्त्रहरूलाई आबद्ध गरेर ’युथ इकोसिस्टम’ निर्माण भइरहेको बताएका हुन् ।

उनले युवाहरूको सीप, क्षमता तथा सिर्जनशीलतालाई देश निर्माणमा जोड्नु सरकारको प्राथमिकता भएको धारणा राखे । युवाहरू देशको भविष्य मात्र नभई वर्तमान पनि भएकाले निर्णय प्रक्रिया, नेतृत्व र देश विकासको यात्रामा युवाहरूलाई अग्रस्थानमा राख्नुपर्नेमा उनले जोड दिए ।

युवा नेतृत्वको उच्च सम्मान गर्दै राष्ट्रिय युवा ऐनको विधेयकमा ३५ वर्षमुनिका युवालाई राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष बनाउनुपर्ने नयाँ व्यवस्था प्रस्ताव गरिएको उनले जानकारी दिए ।

मन्त्री यादवले युवाले अवसर खोज्न एउटा कार्यालयबाट अर्को कार्यालय धाउन पर्ने अवस्थालाई अन्त्य गरेरै छाड्ने प्रतिवद्धता जनाए ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारले आगामी १५–२० वर्षका लागि बलियो ’जग’ खन्ने काम गरिरहेको छ : लामिछाने