बागमतीमा जगन्नाथलाई हटाउन अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ (जेएन) थपलियालाई हटाउने अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।

थपलियाविरुद्ध एमाले प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव बुधबार दर्ता भएको प्रदेश सांसद किरण थापाले जानकारी दिए ।

‘१८ जनाको हस्ताक्षरसहित दलको नेता परिवर्तनका लागि अविश्वास प्रस्ताव दर्ता भएको छ’, थापाले भने, ‘पार्टीको निर्देशन बमोजिम दलको नेता फेर्ने प्रक्रिया अगाडि बढाइएको हो ।’

थापाको पक्षबाट पूर्वमन्त्री कृष्णप्रसाद सिलवाल, ज्ञानबहादुर तामाङ र हरि सापकोटाले एमाले संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

पूर्वमन्त्री थापाका अनुसार केही समय अघि भक्तपुरको गुण्डुमा संकलन गरिएको हस्ताक्षर प्रतिनिधि मार्फत दलको सचिवालयमा दर्ता गरिएको हो । उक्त दर्ता भएको अविश्वास प्रस्ताव एमाले संसदीय दलको विधानतः ७ दिन भित्र संसदीय दलको बैठक बसेर छलफल गर्नुपर्ने व्यवस्था रहेको छ ।

एमाले दल नेताको विषयमा केही समय अघि देखि विवाद हुँदै आएको थियो । उक्त विषयमा पटक पटक एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा छलफल भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

दीपक भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश