रोल्पा । रोल्पामा थप १४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा रोल्पाको सुनिल स्मृति गाउँपालिकाका १४ जना थप संक्रमित भएको पुष्टि भएको हो । यो संगैं रोल्पामा कोरोना संक्रमण हुनेको संख्या १७ जना पुगेको छ ।
सुनिल स्मृति गाउँपालिका वडा नं. ४ का ७, १६, १८, २२, २४, २७, ३० वर्षीय पुरुष र ४४ वर्षीया एक महिला वडा नं. ७ का १७ वर्षीय पुरुष वडा नं. ८ का १८, १९, २१, २३, ३२ वर्षीय पुरुष रहेका छन् । उनीहरु सबै जना जेठ १२ र १३ गते भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका छन् ।
भारतबाट आएका सबैको अनिवार्य परीक्षण गर्ने क्रममा सुनिल स्मृति गाउँपालिकाले स्वाव संकलन गरी पठाएका२ सय ७६ जनामध्ये १४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख सावित्रा थापाले बताइन् । गाउँपालिकाले आफै भिटिएम खरिद गरी पिसिआ जाँचका लागि स्वाव संकलन गरी पठाएको हो ।
यस अघि रोल्पामा जेठ २५ गते सोही गाउँपालिकाकै वडा नं. ५ का २ जना र वडा नं. ६ का एक जना पुरुषमा कोरोना पुष्टि भएको थियो । कोरोना पुुष्टि भएका तीन जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई कुनै लक्षण नदेखिएको बताइएको छ ।
स्वाव संकलन गरी पठाइएकाले दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल बाँके र बुटवलमा प्राथमिकता ढिला पाउने भएपछि रोल्पा स्थानीयहरुले मिलेर पिसिआर मेसिन खरिद गरी जिल्लामै परीक्षण सुरु गर्ने गरी पहल भइरहेको बताइएको छ ।