गुल्मी । चिदीचौर खेल मैदान चिटिक्क र आकर्षक बनेको छ । कूल ७६ हजार वर्गमिटर क्षेत्रफलको खेल मैदानमा दुबो लगाउने काम सकिएपछि आर्कषक देखिएको हो ।
रेसुङ्गा नगरपालिकाले खेलकुद मैदानमा दुबो लगाउन रु २० लाख विनियोजन गरेको थियो । दुबो लगाउन जिल्लास्थित सुरक्षा निकाय, विभिन्न सङ्घसंस्था, क्लब तथा स्थानीयसहित चार सय भन्दा बढी व्यक्तिले जनश्रमदान गरेका थिए ।
जिल्ला सदरमुकाम तम्घासको ‘गहना’ भनेर चिनिने उक्त खेलकुद मैदान चिदीचौरको अहिले स्वरुपमा नै परिवर्तन आएको स्थानीयले बताएका छन् । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले वर्षायाममा हिलाम्मे हुने चिदीचौर हरियो कार्पेट बिछ्याएजस्तै सुन्दर देखिएको बताए ।
“यो गुल्मी जिल्लाको गहना हो, त्यसैले हामीले यसलाई खेलकुदको प्रवर्द्धनसँगै चिदीचौरको दिगो संरक्षण गर्ने, कलात्मक मञ्च निर्माण गर्ने र यसको सौन्दर्यकरण गर्ने गरी काम अघि बढाएका छौँ”, नगर प्रमुख पन्थीले भन्नुभयो । दुबो लगाएर हरियाली बनेपछि खेल मैदान हेर्न तथा तस्बिर खिच्न आउने सर्वसाधारणको चहलपहल बढेको छ ।
खेल मैदानको निर्माण लुम्बिनी प्रदेश सरकारको सहयोगमा भएको हो । रु ९० लाख एक हजार २७० को लागतमा उक्त खेलकुद मैदान निर्माण पूरा भएपछि दुबो रोप्ने काम भएको हो ।
खेल मैदानको निर्माणको काममा ढिलाइ हुँदा जिल्ला तरीय राष्ट्रपति रनिङ शिल्ड, मेयर कपलगायत विभिन्न खेलकुद प्रतियोगिता सदरमुकामभन्दा बाहिर गई सञ्चालन गर्नुपरेको थियो ।
लामो समयदेखि अधुरो रहेको खेल मैदान व्यवस्थित बनेपछि खेलाडी, खेलप्रेमी तथा सर्वसाधारणमा उत्साह बढ्नुका साथै उक्त स्थानमा आर्थिक चहलपहल समेत बढेको छ ।
सम्बन्धित समाचार
यू–१९ गर्ल्स बास्केटबल लिग काठमाडौंमा सुरु
चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता
सहकार्यमा जुटे ७ दल, ‘अग्रगामी मोर्चा’को गृहकार्य
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
ओली निवासमा जगन्नाथको गला अवरुद्ध मात्र भएको हो : बस्नेत
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै
अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो






