काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव १७ अङ्कले बढेर दुई हजार ६२९ दशमलव ४० को विन्दुमा पुगेको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८८ अङ्कले बढेर ४६२ दशमलव ८९ मा पुगेको छ भने फ्लोट सूचक शून्य दशमलव ४२ अङ्कले बढेर १८० दशमलव ३८ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ५५ अङ्कले बढेर १५६ दशमलव ३१ मा पुगेको छ ।
आज विभिन्न कम्पनीका ९५ लाख ७६६ कित्ता सेयर रु चार अर्ब ४० करोड १४ लाख नौ हजार ८५८ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये छ उपसमूहको मूल्य बढ्नुका साथै सात उपसमूहको मूल्य घटेको छ । एक ३२ कम्पनीको सेयर मूल्य बढ्दा १३२ को घट्नुका साथै १३ कम्पनीको सेयर मूल्य स्थिर छ ।
नेप्सेका अनुसार आज सर्वोत्तम पेन्ट्स इन्डिष्ट्रज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी र एनआईसी एसिया सेलेक्ट फण्डका लगानीकर्ताले कमाएका छन् भने कुमारी धनवृद्धि योजना, कुमारी इक्युटि फण्ड र खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
सम्बन्धित समाचार
२२ करोड १७ लाख राजश्व सङ्कलन
राजस्व सुरक्षा र व्यापार सहजीकरणमा भन्सार एजेन्ट महासंघको प्रतिबद्धता
७ लाखको घाटाले पनि हारेन भागरथीको आँट, दूध बेचेर उभिइन् आफ्नै खुट्टामा
नाट्टा चुनावः पर्यटन ‘सफ्ट पावर’ बनाउने प्रतिबद्धता
घट्यो सुनको भाउ, चाँदी के भयो ?
बिजुलीको भ्याटविरुद्ध आन्दोलनमा ‘चीम’
अब सरकारी कर्मचारीले १५-१५ दिनमा तलबभत्ता पाउने
तिला–२ जलविद्युत् आयोजनाका लागि लगानी सम्झौता






