सुनकोशी गाउँपालिका–२ ठोकर्पाकी लक्ष्मी खत्रीको परिवारलाई वर्षा लाग्न साथ एउटा चिन्ताले सताउने गरेको थियो,त्यो हो रोपाँइ गर्नुपर्ने तर गाउँमा गोरु नभएपछि कसरी रोपाँई गर्ने भन्ने समस्या थियो । बर्षामा मात्रै होइन कृषिकर्म गर्ने हरेक समयमा उनको परीवारलाई गोरुकै चिन्ता हुने गरेको थियो । अब भने लक्ष्मीको परीवारमा गोरु नभएर रोपाँइ गर्नुपर्ने चिन्ता सधैको लागि दुर भएको छ ।
गाउँमा नै आफुहरुले नै जम्मा गरेको सहकारीले आफ्ना सदस्यहरुका लागि लक्षीत गरेर आधुनिक तवरबाट खेती गर्नका लागि ट्याक्टर वितरण गरेपछि किसानहरु खुसी भएका छन् र गोरु नपाउँने झण्झट बाट सधैका लागि मुत्त भएका छन् । सहकारीले घरमै खनजोत गर्नका लागि मिनी टेलर(ट्याक्टर) ल्याइदिएपछि लक्ष्मीले खुसी हुदै भनिन्–‘अब खेती गर्न कुनै दुःख नै नहुने भयो ।’
स्थानीय पिङडाँडा कृषि सहकारीले कृषकहरुका लागि अनुदानमा ट्याक्टर प्रदान गर्ने भएपछि सामाजिक दुरी सहित सहभागी भएका किसानहरुमा खुसीयाली मेला नै लागेको थियो । सहभागी मध्ये आधाआधि महिलाहरु थिए । महिलाहरुले त एउटा नारा नै तय गरीसकेका रहेछन “गए अव गोरुका दिन— महिलालाइ पनि सजिलो खन जोत मेसिन”
स्थानीय पिङडाँडा कृषि सहकारीले कृषकहरुका लागि अनुदानमा ट्याक्टर प्रदान गर्ने भएपछि सामाजिक दुरी सहित सहभागी भएका किसानहरुमा खुसीयाली मेला नै लागेको थियो । सहभागी मध्ये आधाआधि महिलाहरु थिए । महिलाहरुले त एउटा नारा नै तय गरीसकेका रहेछन “गए अव गोरुका दिन— महिलालाइ पनि सजिलो खन जोत मेसिन” । सहभागी मध्यकि लक्ष्मी खत्रीले भनिन —अव गोरु नपाएर पिरोलिनु पर्ने, खेताला नपाएर हैरानी व्यहोर्ने र घरमा पुरुषहरुको अभावमा महिलाले खेत जोत्न नसक्ने अवस्थाको अन्त्य भयो । अव त म आफैं नै यो मिनिटिलर चलाउन सक्छु खत्रीले थपिन ।
सहकारी संस्थाले आफ्नो स्थानीय तहभरी कृषिमा आधुनिकिकरणको अभियानलाइ तिब्रता दिएको छ । अभियानको क्रममा सहकारीले पहिलो चरणमा ५० थान मिनि टिलर किसानलाइ बितरण गरेको थियो ।
सहकारीले तीन बर्ष भित्र आफ्नो वडालाइ एक घर एक मिनी टिलर एक पानी भकारी र दुइ कृषि टनेल उपलब्ध गराउने लक्ष्य लिएको सहकारी अध्यक्ष रामशरण आचार्यले जानकारी दिए । यति मात्रै होइन यहाँका किसानलाइ उत्पादनमा जोडी आयआर्जन लागि कृषिमा आधुनिकिकरणका बिभिन्न योजनाहरु समेत अघि बनाएको अध्यक्ष आचार्यले जानकारी दिए । सहकारीमा आवद्ध किसानहरुलाई सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी(विनोद)ले मिनी टिलर वितरण गरेका थिए ।
दुध उत्पादनमा बृद्धि फर्म मोडेलमा काम गर्न किसानलाइ प्रोत्साहन
भूकम्प पछि करीव शुन्यताको अवस्थामा पुगेको यहाँको दुग्ध उत्पादनमा आवद्ध कृषकहरुका लागि सहकारीले सहयोग गर्दे गएपछि अहिले दुभ उत्पादनमा समेत वृद्धि भएको छ । आज भोलि सहकारीको सहयोगमा सन्चालित फर्मको समेत दुध जम्मा गर्दा दैनिक ८ क्यान भन्दा बढि दुध जम्मा हुन थालेको सहकारीका क्रण संयोजक जालबहादुर खत्रीले जानकारी दिए । यहाँ पशु बस्तुको बिमा र पशुधन खरीद गर्न चाहाने किसानलाइ पशुको खरीद गरी बिमा गरेपछि ८० देखि ८५ प्रतिशत सम्म अनुदान दिने गरीएको पनि संयोजक खत्रीको भनाइ छ । अहिले यस वडामा पहिलो पटक सहकारीको सहयोगमा दश गाइ र केहि भैंसी सहितको फर्म पनि सन्चालनमा रहेको छ ।
जिल्लामै पहिलो बिउ बैंक
पछिल्ला दिनमा यस वडा र गाउँपालिका बाट मात्रै हैन देशभरबाट बाट रैथाने अन्न तथा तरकारीका बिउहरु लोपहुने अवस्थामा पुगेको छ । तर यस सहकारीले भने १ सय ३१ थरीका बिभिन्न बिउहरु संकलन गरेर बिउ बैंक नै सन्चालन गरेको सहकारीका बिउ बिजन संयोजक प्रकास बिकले वताए । अन्यत्र किसानहरुले तरकारी तथा अन्न उत्पादन गरी बजारमा बिक्रीगर्ने आम प्रचलन देखिन्छ । तर यहाँका किसानहरुले आम रुपमा तरकारी तथा अन्न उत्पादनलाइ भन्दा बिउ उत्पादन र त्यसको बजारी करणलाइ प्राथमिकता दिने गरेको विकले बताए । यस बर्ष बिउ बिक्रीबाट मात्रै तीन लाख भन्दा बढि आम्दानी गरीएका्े पनि संयोजक बिकले जानकारी दिए । बिउ बैंक सन्चालन तथा व्यवस्थापनमा लिबर्ड लगाएतका संस्थाहरुको सहयोग र सहजिकरण गरेको सहकारीले जानकारी दिएको छ ।
सहकारी भवन बनाइदिने सुनकोशी गाउँपालिका अध्यक्षको घोषणा
सहकारीले किसान तथा समुदायको हितमा काम गर्दै सिंगो गाउँपालिकालाइ सहयोगी भूमिका निर्बाह गरीरहेको गाउँको इज्जत राख्न र किसानको हितमा काम गर्ने अभियान अघि बढाएकाले आगामी दिनको पुर्बाधार बिकासमा सहकारी भवन बनाइदिने गाउँपलिका अध्यक्ष श्रबण कुमार जिसीले घोषणा गरेका छन । बिगत बर्षमा यहाँका किसानहरुले उल्लेख्य मात्रामा दुग्ध उत्पादन बढाएकाले दुध चिस्यान खरीद गरीएको र यस बर्ष बाट बिना पक्षपात र भेदभाव काम गर्दै अढि बढेमा यस सहकारीको भवन निर्माणमा सहयोग गर्ने पनि अध्यक्ष जिसीले वताए । सहकारीको काम बाट आफु सकारात्मक रुपमा प्रभाबित भएकाले कतिपय अवस्थामा बिश्वासका आधारमा बाटैमा बसेर घुँडामा कागज राखेर सिफारीसमा हस्ताक्षर गरीदिएको कुरा सम्झँदै अध्यक्ष जिसीले भने त्यसरी सहयोग गरेको सहकारीले यस्तो प्रगती गरेकोमा म धेरै खुसी छु ।
यस सहकारी सँग सहकार्य गरेर अघि बढ्दा वडाका किसानहरुको धेरै समस्या समाधान भएको वडा अध्यक्ष बिष्णुबहादुर महतले वताए ।