झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।
मेचीनगर नगरपालिका-८ की ६४ वर्षीया महिलाको जेइ सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेइबाट ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो । यससँगै जिल्लामा जेइ सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । हालसम्म चार महिला र दुई पुरुषको मृत्यु भइसकेको छ ।
उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेइ परीक्षणलाई बढाइनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भएको उनले जानकारी दिएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 2 times, 1 visits today)
सम्बन्धित समाचार
झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन
अलैँची रोप्न व्यस्त इलामका किसान
कोशीमा विद्यालय शिक्षक-कर्मचारीका पेशागत समस्या र नीतिगत समाधान’bout नीति संवाद
बर्खामा हिलो, हिउँदमा धुलोः दमक–चिसोपानी सडक
माङसेबुङमा ‘अपाङ्गता भएका नागरिक घरपरिवारलाई बिमा कार्यक्रम’
जनकपुर मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन
बन्दीपुरमा ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते






