चिल्ड्रेनको गज्जबको बहस

वीरगन्ज । आधुनिकताले गाँजेको वर्तमानमा खानपानको कारण मानवीय स्वास्थ्यमा परेको गम्भिर असरका ’bout धेरैलाई खासै वास्ता छैन । नसर्ने रोगले पूरा समाजलाई नै आक्रान्त पार्दै गएको छ । तर पनि एकाध कार्यक्रममा वाहेक मानवीय खानपानको राम्रा र नराम्रा पक्षका ’bout आम सर्वसाधारणले चिन्ता गरेको पाइदैन । अझ युवापींढिलाई खासै चासो नहुने जस्तो देखिएको स्वास्थ्य सजगताको कुरा विद्यालयस्तरमा भने मज्जाले छिरिसकेको पाइएको हो ।

मानव स्वास्थ्यका लागि ‘साकाहारी (भेजिटेरियन) भोजन ठिक कि मांसहारी (नन भेजिटेरियन)’ भोजन ठीक ? भन्ने गहन बिषय स्वास्थ्य सतर्कताका सन्दर्भमा निकै महत्वपूर्ण बिषय हो । यो बिषयमा चिल्ड्रेन वल्र्ड सेकेण्डरी स्कूलका साना–साना बाबु नानीको बहसको बिषय आफैमा मर्मस्पर्शी भेटिएको छ ।

वीरगन्जको चिल्ड्रन वल्र्ड सेकेण्डरी विद्यालयका कक्षा ७ मा अध्ययनरत छात्रछात्रा यसै सान्दर्भिक बिषयबस्तुका ’bout शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत बादविवादका माध्यमले घनिभूत बहस गर्दै भेटिए । अझ उत्कृष्ट हुनेलाई पुरस्कार नै दिने गरी विद्यालय व्यवस्थापन पक्षले विद्यार्थीलाई सकृय पारेपछि उनीहरुको जोस निकै निर्भिकता साथ प्रष्फुटन भइरहेको पाइन्थ्यो ।

साहाकारी भोजन पक्षका विद्यार्थीले बोट विरुवाबाट उत्पादन भएको ताजा खानेकुरा मानवका लागि पर्याप्त पोषक तत्व पाइने भएकोले माँशहारी भइराख्न नपर्ने तर्क गर्दैथिए । यसको अलावा शुद्ध हावा र स्वच्छ वातावरण अनि वातावरणीय प्रभावका लागि पनि साकाहारी खाद्य प्रयोजनका बोट विरुवा तथा जडिबुटीमा जोड दिनु महत्वपूर्ण हुने भएकोले मानिसले जनावरको हिंसा गरी माँसहारी हुन आवश्यक नरहेको उनीहरुको तिखा तर्क गर्थे । उनीहरुको तर्कको आशय संसारकै सचेत प्राणी मानिस भएकोले मांसहारी हुन नपर्ने भन्ने प्रष्टै संकेत झल्कन्थ्यो ।

त्यसैगरी स्वास्थ्य शरीरका लागि प्रोटिनयुक्त माछा, मासुजन्य पदार्थ आफैमा झन प्रभावकारी रहेको अर्कापक्षका छात्राछात्राको उस्तै जबरजस्त तर्क थियो । माछा मासुजन्य जनावर मानवीय आहारकै लागि पोषित हुने भएकोले यसको प्रयोग वर्तमानमा मात्र नभई विगतदेखि भएकोले यसको महत्व कम नभएको उनीहरुको पनि कडा तर्क थियो । वीरगन्जका चिल्डे«न मा.वि.का संचालक विद्यार्थीहरु विभिन्न तर्कका साथ मांसहारी र साहाकारीको पक्षमा उत्रिनु मानिसको स्वास्थ्यको गाम्भिर्यतासँग प्रत्यक्ष जोडिएको छ ।

अतिरिक्त क्रियाकलापलाई व्यवहारतः बनाउन समाजमा देखिएका समयसामयिक बिषय बस्तुहरुलाई नै विद्यालयले छनौट गरी विद्यार्थीको ज्ञान बढाउने उद्देश्यले आन्तरिक क्रियाकलाप पनि गर्ने गरिएको विद्यालय संचालक सिम्रन सिस्काले बताइन् ।

विद्यालयका कोर्डिनेटर नरेन्द्र चौरसिया र विद्यालयको प्रतिष्ठित शिक्षिका मुस्कान अग्रवालले निर्णायक भूमिका निर्वाह गरेको विद्यार्थीको वादविवाद (स्वास्थ्य बहस) कार्यक्रमका उत्कृष्ट विद्यार्थीहरु छात्रा नै भए । यसले पनि मधेशमा छोरी चेलीलाई अवसरबाट बञ्चित पार्नु हुन्न भन्ने शुक्रबारको कार्यक्रमको गतिलो सन्देश पनि आएको छ ।

वादविवाद प्रतियोगितामा नाहिदा खातुन प्रथम, निशा यादव दोस्रो र सृष्टि दत्ता तेस्रो भइन् । छोरासरह छोरीहरुले पनि अवसर पाए मधेशका छोरीहरु पनि कमजोर छैनन् भन्ने कुरा वादविवादबाट उत्कृष्ट भएका छात्राहरुको परिणामले पुष्टि गरेको छ । उत्कृष्ट प्रथम, द्वितीय र तृतीय तिनैजना छात्राहरुलाई राजधानी दैनिकका मधेश व्यूरो प्रमुखबाट पुरस्कार वितरण गराइएको छ । अतिरिक्त कार्यक्रमहरुबाटै विद्यार्थीहरुको फरक क्षमता र रुची अनि कौशल पनि प्रष्फुटन हुने भएकोले नियमित कक्षा पठनपाठनसँगै यस्ता कार्यक्रमहरु पनि शैक्षिक संस्थाहरुको प्राथमिकतामा पारिनु पर्नेमा भण्डारीको जोड छ ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

epaper

ताजा समाचार

संघीय अदालतद्वारा नेपालसहित ७५ देशका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको भिसा प्रतिबन्ध खारेजका लागि आदेश