काठमाडौं। नेपाल ‘ए’ क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध ४ विकेटले विजयी भएको छ। बुधबार सम्पन्न खेलमा नेपालले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ।
एसीटीले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल बाँकी रहँदा ६ विकेट गुमाएर १४४ रन बनाएको हो । नेपालका कप्तान कुशल भुर्तेलले सर्वाधिक ६१ रन बनाए। ४७ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे। जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी हुन्।
मयांक यादव २१ र लोकेश बम १२ रनमा आउट हुँदा पवन सर्राफ २९ र विपिन खत्री ३ रनमा अविजित रहे। बाँकी खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । एसीटीका ज्याक केओघले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २० रन खर्चिए। जित मेहताको नाममा २ विकेट रह्यो।
योसँगै नेपालले प्रतियोगितामा चार खेलबाट दुई जीत र दुई हारसहित ४ अंक जोडेको छ। नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको थियो । अर्को खेलमा बंगलादेश हाइ प्रफरमेन्स ११ सँग ९ विकेटको फराकिलो हार बेहोरेको थियो। तर, तेस्रो खेलमा भने होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको थियो।
सम्बन्धित समाचार
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने
विश्वकै ध्यान तानेको एउटा विवाह
टप एन्ड टी–२० मा नेपाल ‘ए’को परीक्षा, अवसरको सदुपयोग होला ?
चिटिक्क बन्योः चिदीचौर खेल मैदान
व्यवसायिक फुटबलबाट सन्यास लिँदै रोनाल्डो !
यस्तो छ, एसियाली खेलकुदको सात दशक लामो यात्रा
विश्वकप फाइनलमा झगडा गर्ने अर्जेन्टिनाका ३ खेलाडीमाथि कारबाही
टप एन्ड टी–२० सिरिज : सेमिफाइनल सम्भावना कायमै राख्न जित्नैपर्ने दबाबमा नेपाल






