उदयपुरमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४३ पुग्यो

उदयपुर । उदयपुरमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणोन्मुख देखिएको अबस्थामा पुन १० जनामा कोरोना पुष्टि भएको छ । दुई दिनमा २ महिलासहित उदयपुरमा १० जना कोरोना संक्रमित भेटिएको हो । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्के बाहेकका ठाउँमा संक्रमितहरु देखिने क्रम जारी छ । शुक्रबार आएको रिपोर्टमा बेलका नगरपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीका अनुसार भारतबाट आएर क्वारेन्टिनमा राखिएका बेलका नगरपालिका–९ का २ तथा बेलका नगरपालिका–३ का १ गरी ३ जनामा संक्रमण पुष्टि भएका हुन् । संक्रमित यवाहरु ३६, २२ र ३२ वर्षका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बेलका नगरपालिका–९ का संक्रमितहरु दिल्लीबाट आएका हुन् भने ३ नं. का युवा कैलालीको गौरीफन्टा नाका भएर नगरपालिका भित्रिएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी बेलका नगरपालिका– ३ कै सप्तकोशी किनारा एबिसी टप्पुमा २ (दम्पति) र चौदण्डीगढी नगरपालिका– ५ शिवाईका १ पुरुष संक्रमित भेटिएका थिए । उनीहरु पनि भारतकै मेघालय (कोईला खानी) बाट फर्केको बताइएको छ । नगर प्रमुख दुर्गाकुमार थापाले ९ नं. का संक्रमितहरु भारतको दिल्लीबाट नेपाल भारत सीमास्थल सिराहाको लौकही ठाडी भएर नगरपालिका भित्रिएको बताए । १० जनाको टोली ठाडी आईपुगेको जानकारी पाएपछि उनीहरुलाई नगरपालिकाले उद्धार गरी गत २२ गते ठाडी पुगेर उद्धार गरी क्वारेन्टाईनमा राखेको हो । त्यस्तै गौरीफन्टा नाका भएर आएका ३ नं. वडाका युवा सहित ८ जनालाई जेठ १९ गते उद्धार टोलीले नगरपालिका भित्याएको नगर प्रमुख थापाले बताए । यो सँगै बेलकामा संक्रमितको संख्या ५ पुगेको छ ।

बिहीबार मात्र त्रियुगा जनता क्याम्पस मोतिगडाको क्वारेन्टिनमा रहेका मध्ये त्रियृुगा नगरपालिका– १० का दिदीभाइ र कटारी नगरपालिका– १ बेलसोत क्वारेन्टिनका १ जनामा संक्रमित पुष्टि भएका थिए भने उदयपुगढी गाउँपालिका– ५ का १ जनामा संक्रमण पाइएको थियो । नयाँ संक्रमितहरु सबैलाई शुक्रबारै कोरोना अस्पताल लाने तयारी भईरहेको छ । कटारी नगरपालिका– १३ का संक्रमित पुष्टि भएका ३६ वर्षीय पुरुष पनि भारतबाटै आएको बताइएको छ ।

भारतबाट नेपाल भारत सीमा काकडभिट्टासम्म आएका उनी लगायतलाई नगरपालिकाले उद्धार गरी कटारी ल्याएर क्वारेन्टाईनमा राखेको थियो । बेलश्रोत क्वारेन्टाइनमा भारतबाट आएका ३ महिला सहित ४० जनालाई राखिएको कटारी नगर स्वास्थ्य शाखाले जनाएको छ ।

पछिल्लो समय भारतबाट नेपाल भित्रिनेहरुमा कोरोना संक्रमण देखिने क्रम जारी रहेको छ । बैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएका त्रियुगा नगरपालिका– ३ भुल्के नुरी मस्जिद र आसपासका ८ महिला सहित ३२ मध्ये भारतका १२ र मोरङका ४ जमाति, सप्तरीका २ र बाँकी भुल्केका थिए । जेठ २ गते ताप्ली गाउँपालिका– ५ रुपाटार घर भई त्रियुगा नगरपालिका–११ गाईघाटमा भाडामा बस्दै आएका १ पत्रकारमा पाइएपछि भुल्केसँग ‘नेटवर्किङ’ जोडिएका नयाँ संक्रमित भेटिएका छैनन् ।

पछिल्लो पुष्टिसँगै उदयपुरमा संक्रमितको संख्या ४३ पुगेको छ । जसमध्ये ८ महिला र बाँकी पुरुष छन् । संक्रमित मध्ये ३२ जना निको भएर घर फर्किसकेका छन् भने ११ जना कोरोना अस्पतालको आईसोलेसनमा उपचाररत छन् ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

epaper

ताजा समाचार

काँग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार खड्का पक्राउ