अबैध सालको काठ बोकेको बस पश्चिम दाङमा पल्टियो

तुलसीपुर । अबैध सालको काठ बोेकेको बस पश्चिम दाङमा पल्टिएको छ । माथिल्लो ट्वाङखोलाबाट अबैध काठ लिएर हापुरे तर्फ आउँदै गरेको ग १ ख ७७०३ नम्वरको बस बबई गाउँपालिका वडा नम्वर ३ हंसपुरको पिसियो चोकमा पल्टिएको थियो । हंसपुर प्रहरी चौंकीले रोक्न खोज्दा नरोकेर भागेको बस पिसियो चोक नजिकै आएर घुम्तिमा पल्टिएको थियो ।

प्रहरीले ३९ क्युपूmट काठसहित बसलाई नियन्त्रणमा लिएर पुरन्धारा सव डिभिजन वन कार्यालयलाई बुझाएको ईलाका प्रहरी कार्यालय खिलतपुरका इन्चार्ज तथा प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिए । बसमा ४ जना रहेको र २ जनाको नाम खुलेपनि अनुसन्धानमा बाधा पुग्ने भन्दै नाम भने प्रहरीले खुलाएको छैन् ।

प्रहरी र वनको टोलीले काठ ओसारपसारमा संलग्न व्यक्तिहरुको खोजी कार्य तिब्र बनाएको पुरन्धारा सव डिभिजन वन कार्यालयका प्रमुख तथा साहयक वन अधिकृत सिद्धान्त बरालले जानकारी दिए । ओरोपीलाई वन ऐन २०७६ अनुसार अबैध सालको काठ ओसारपसारमा मुद्दा चलाउने साहयक वन अधिकृत बरालले जानकारी दिए । उनका अनुसार अबैध काठ ओसारपसारमा संलग्न बस भने जफत हुने अधिकृत बरालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयर टिकट नपाएपछि समाजवादी जिल्ला अध्यक्षद्धारा पार्टी छाडेको घोषणा