धनगढी । सुदूरपश्चिममा एकै दिन ६४ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालाले शनिबार विज्ञप्ती जारी गर्दै प्रदेशको कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बझाङका जिल्लामा नौ जना महिला र ५५ पुरुष गरी ६४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।
सुदूरपश्चिममा सबैभन्दा बढी डडेल्धुरामा २४, कञ्चनपुरमा २१, कैलालीमा ११, बझाङमा पाँच र डोटीमा तीन जनामा कोरोना पुष्टि भएको जनाइएको छ । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या दुई सय ५५ पुगेको छ । यसअघि प्रदेशमा सोमबार सबैभन्दा बढी ३७ जना कोरोना संक्रमित पुष्टि भएका थिए ।
शनिबार डडेल्धुरा नवदुर्गा गाउँपालिकाका २३, २०, २१, ३२, ३५, ३५, ३६, २५, ३४, १९, २५, ३२, २७, ३०, २७, २४, ३०, १९, २१, २४, ४०, ३५ वर्षीय पुरुष र २७ वर्षीया महिला, अमरगढी नगरपालिकाकी ३३ वर्षीया महिला गरी २४ जना, कञ्चनपुरको लालझाडी गाउँपालिकाका २०, २२, ३३, ३३, २०, ३२, १९, ३४, २१, १९, १८, २६ वर्षीय पुरुष र २२, १९ वर्षीया महिला, महाकाली नगरपालिकाका ३६, ३२ र २४ वर्षीय पुरुष तथा वेदकोट नगरपालिकाका १३ वर्षीय पुरुष, पुनर्वास नगरपालिकाका २५ र ३८ वर्षीय पुरुष गरी २१ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।
यस्तै, कैलालीको चुरे गाउँपालिकाका २४, २२, १८, १९ र २६ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिकाका ४५ र ४४ वर्षीय पुरुष, गोदावरी नगरपालिकाको २५ वर्षीय पुरुष र १९ वर्षीया महिला, लम्की चुहा नगरपालिकाको ३४ वर्षीय पुरुष, टीकापुर नगरपालिकाका २० वर्षीय पुरुष गरी ११ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।
बझाङको विथ्थडचिर गाउँपालिकाका ८ वर्षीय पुरुष र २९ वर्षीया महिला, केदारस्यू गाउँपालिकाका १८ र २४ वर्षीय पुरुष र खप्तडछान्ना गाउँपालिकाका ३२ वर्षीया महिला गरी पा“च जनामा कोरोना पुष्टि भएको हो । डोटीको जोरायल गाउँपालिकाका ४२ वर्षिय पुरुष र २६ वर्षीया महिला र सायल गाउँपालिकाका ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।