सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

भैरहवा । सिद्धार्थनगर नगरपालिकाबाट पछिल्लो तीन आर्थिक वर्षमा २३४ विपन्न नागरिकले विभिन्न जटिल रोगको उपचारका लागि सहुलियत सिफारिस लिएका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४७, २०८१/८२ मा ९९ र २०८२/८३ मा ८८ जनाले सिफारिस लिएका हुन् ।

स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार मुटु, मिर्गौला, क्यान्सर, टाउको तथा मेरुदण्डसम्बन्धी समस्या, सिकलसेल एनिमिया, अल्जाइमर्स र पार्किन्सन्सका बिरामीले स्थानीय तहको सिफारिसमा सरकारले तोकेका अस्पतालबाट उपचार सेवा लिन सक्छन् ।

यसअन्तर्गत सङ्घीय सरकारले एक लाख र लुम्बिनी प्रदेश सरकारले थप दुई लाख रुपैयाँसम्म उपचार सेवा उपलब्ध गराउने व्यवस्था रहेको उनले बताए । सिफारिसका लागि सम्बन्धित रोगको प्रमाणित कागजात आवश्यक पर्नेछ ।

लुम्बिनी प्रदेशमा विपन्न नागरिक उपचार कार्यक्रमका लागि २० अस्पताल तथा उपचार केन्द्र तोकिएका छन् । तीमध्ये भेरी अस्पताल नेपालगन्जलाई विभिन्न रोग तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवा, सिद्धार्थनगर सिटी हस्पिटल, गौतमबुद्ध सामुदायिक मुटु अस्पताललगायतलाई रोगअनुसार डायलाइसिस, मुटुरोग, सिकलसेल एनिमिया, क्यान्सर तथा अन्य उपचार सेवाका लागि मान्यता दिइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 3 times, 1 visits today)

epaper

ताजा समाचार

कांकडभिट्टामा गोप्रो क्यामेरा जडान