काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य सात वटा निर्णयहरू सार्वजनिक गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका निर्णयहरू’bout सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्।
मन्त्रिपरिषद्का मुख्य निर्णयहरू यस प्रकार छन्:
एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपत्कालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सुचारु गर्न एकीकृत व्यवसाय पुनर्स्थापन योजना अन्तर्गत राहत, कर तथा महसुल लगायत अन्य सहुलियत तथा सुविधा उपलब्ध गर्ने ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत कूल २५ हजार मेट्रिकटन परिणामको चिनी १ प्रतिशत भन्सार महसुल लिई आयात गर्न स्वीकृति प्रदान गर्ने ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा नि:शुल्क औषधि उपचार, मृत्यु भएमा निजको परिवारलाई प्रतिमृतक १० लाख राहत उपलब्ध गराउने ।
विसं २०८३ साल भदौ २३ गते जेनजेड शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने ।
संवत् २०८३ साल भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरुप उक्त घटना भएको १३ औँ दिनको पुण्यतिथीको दिन अर्थात् भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने । उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने ।
नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायणप्रसाद भट्टलाई बढुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोशी प्रदेशको मुख्यसचिव पदमा पदस्थापन गर्ने ।
सम्बन्धित समाचार
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
सर्वोच्चमा दर्ता भएन देउवा पक्षको रिट निवेदन
रवि लामिछानेको चीन भ्रमण स्थगित
‘बदलिँदो परिस्थिति अनुसार एमाले रूपान्तरण हुनुपर्छ’: उपाध्यक्ष गुरुङ
कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत
छातीमा समस्या आएपछि सभामुख अस्पताल भर्ना
प्रदेश मन्त्रीका मोहले ४ दलको केन्द्रमा हलचल
सांसद आशिका तामाङ र वडाध्यक्षबीच किन भयो भनाभन ?






