काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।
आज (बिहिबार) दिउँसो सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पाखरेलले जानकारी दिए ।
साथै, उद्धारका क्रममा घाइते भएमा सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई निस्शुल्क औषधि उपचारको व्यवस्था गर्ने निर्णय पनि उनले जानकारी दिए । गृह मन्त्रालयको प्रस्तावमा भएको निर्णय अनुसार, उद्धार एवं खोजीका क्रममा कुनै सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई १० लाख राहत उपलब्ध गराउने निर्णय भएको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निस्शुल्क औषधि उपचार, मृत्यु भएमा निजको परिवारलाई प्रतिमृतक १० लाख राहत उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिए ।
सम्बन्धित समाचार
रवि लामिछानेको चीन भ्रमण स्थगित
कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत
छातीमा समस्या आएपछि सभामुख अस्पताल भर्ना
बागमतीका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत
फोहोर व्यवस्थापनमा उपत्यकाका स्थानीय तहको ‘दादागिरी’
बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रास्वपा सभापति लामिछानेको आग्रह
सर्वदलीय बैठकः उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धाभन्दा सहकार्यलाई ध्यानमा दिइने
प्रधानमन्त्री बालेनले प्रदेश र स्थानीय सरकारलाई बेवास्ता गरेपछि रास्वपा सभापति रवि सक्रिय






