सशस्त्रद्वारा एप्पल कम्पनीको झण्डै साढे दुई करोड रुपैयाँबराबरको एयर वर्ड्र्स बरामद

काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट शनिबार बिहान सशस्त्र प्रहरीले २ करोड ४० लाख रुपैयाँबराबरको एप्पल कम्पनीको एयर वर्ड्र्स बरामद गरेको छ ।

भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्यको १ हजार २०० थान एयर वर्ड्र्स सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउट पोस्ट खैरवनीले संयुक्त रूपमा बरामद गरेको हो ।

सो एयर वर्डस ल्याउने व्यक्ति भने सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ फरार भएको जनाइएको छ ।

बरामद एयर वर्ड्र्स आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

'मिर्जापुर: द मुभी' ले पहिलाे दिनमा नै कमायाे गज्जब