काठमाडौं । एसीसी प्रिमियर कपको आफ्नो तेस्रो खेलमा नेपालले साउदी अरेबियाबाट १९१ रनको विजयी लक्ष्य पाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनायो । साउदीका लागि अब्दुल वाहीदले सर्वाधिक ७७ रन बनाए । मोहम्मद आतिफले ३० रन बनाए । मोहम्मद हिशम शेखले १८ रन बनाए ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा १९ रन दिएर ३ विकेट लिए । ललित राजवंशीले १० ओभरमा २६ रन दिएर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले पनि ३ तथा शेर मल्लले १ विकेट लिए ।
आजको खेल जितेमा नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्नेछ ।
तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)
सम्बन्धित समाचार
मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित
बहराइनले दियो नेपाललाई ८८ रनको सामान्य लक्ष्य
मलेसियाले नेपाललाई दियो एक सय चार रनको सामान्य लक्ष्य
नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो
नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो






