सुन आज पनि तोलामा ३ हजार २०० रुपैयाँले वृद्धि, चाँदीको १० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ । चाँदीको भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको हो । लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य आइतबार पनि २ हजार ८०० सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार सुन प्रतितोला तीन लाख १९ हजार ५०० मा किनबेच भएको थियो ।

महासंघका अनुसार सोमबार चाँदी चार हजार ९६५ रुपैयाँ प्रतितोलामा किनबेच भइरहेको छ । आइतबार चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा किनबेच भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

epaper

ताजा समाचार

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा