हुम्ला । रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका हुम्लाका चार जनाको काठमाडौँस्थित पशुपति आर्यघाटमा पुत्ला बनाएर दाहसंस्कार गरिएको छ ।
यही भदौ १० गते गएको बाढीमा परी हुम्लाका सात जना बेपत्ता भएका थिए । तीमध्ये चार जनाको यही भदौ २३ गते १३ दिनको पुण्यतिथिको अवसर पारेर आफन्तले हिन्दू धार्मिक संस्कारअनुसार पुत्ला बनाई दाहसंस्कार गरेका हुन् ।
दाहसंस्कार गरिएकाहरुमा अनिता रावत, जनक बुढा, कविता बुढा र रियान्सा बुढा रहेका छन् । अनिता र जनक खार्पुनाथ गाउँपालिका–१ गोप्काका हुन् भने कविता र रियान्सा सर्केगाड गाउँपालिका–८ का बासिन्दा रहेका उनीहरुका आफन्त भीमबहादुर रोकायाले बताए । उनका अनुसार बेपत्ता भएकाहरुको १३ दिनसम्म पनि कुनै खबर नआएपछि दाहसंस्कार गरिएको हो । बेपत्ता भएकामध्ये यसअघि एक जनाको शव फेला परेको थियो भने अन्य दुईको अवस्था अझै अज्ञात छ ।
पर्साः यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी पर्सा जिल्लाका बेपत्ता भएकाहरूको दाहसंस्कार गर्न थालिएको छ । धेरै दिनसम्म खोजी गर्दा समेत कुनै जानकारी नआएपछि उनीहरुका परिवारजनले आ–आफ्नो रीतिरिवाजअनुसार दाहसंस्कार गर्न थालेका हुन् ।
जिल्लाको कालिकामाई गाउँपालिकाका आलोक चौरसिया र गौरीशङ्कर चौरसिया, वीरगञ्ज महानगरपालिकाका आरभ चौरसिया तथा पर्सागढी नगरपालिकाका नरेश राईको कुशको शव बनाई दाहसंस्कार गरिएको छ ।
सम्बन्धित समाचार
नमूना बस्ती पहिरोको उच्च जोखिममा
टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
कास्कीमा ‘डिनएन’ नमूना सङ्कलन प्रहरी कार्यालयबाट
तादीखोलामा एक्रोब्रिज जडान तीब्र
रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात
चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व
स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन






