कर्णाली । रसुवा बाढीका कारण कर्णाली प्रदेशका अझै १६८ व्यक्तिको अवस्था अझै अज्ञात छ। भोटेकोशी बाढीमा परेर कर्णाली प्रदेशका १० जिल्लाका २४८ जना सम्पर्कविहीन भएकामध्ये ७८ जना सम्पर्कमा आएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। बाढीबाट दुई जनाको मृत्यु भएको उनले बताए।
मृत्यु हुनेमा हुम्लाको ताजाकोट गाउँपालिका–२ का नहकुल शर्मा हुन्। उनी रसुवा भन्सार कार्यालयका अधिकृत थिए। गोरखामा शव भेटिएका शर्माको काठमाडौं पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
त्यस्तै, सल्यानको बागचौर नगरपालिका–१० पीपलनेटाका २० वर्षीय आयुष खड्काको पनि बाढीबाट मृत्यु भएको छ। प्लान्ट क्वारेन्टाइन टिमुरेमा खरिदार पदमा कार्यरत उहाँको चितवन देवघाटमा दाहसंस्कार गरिएको छ।
कर्णाली प्रदेश प्रहरीले उपलब्ध गराएको विवरणअनुसार अज्ञात अवस्थामा हुनेमा सबैभन्दा धेरै जुम्लाका ६३ जना छन्। यस्तै सल्यानका ५१, सुर्खेतका १५, मुगुका ११, रुकुम पश्चिमका सात, हुम्ला र कालीकोटका छरछ, दैलेखका पाँच तथा जाजरकोट र डोल्पाका दुईरदुई जनाको अवस्था अज्ञात रहेको प्रहरी वरिष्ठ उपरीक्षक राठौरले बताए। अज्ञात अवस्था रहेकामा १३४ पुरुष, २६ महिला तथा आठ बालबालिका छन्।
सम्बन्धित समाचार
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
बाढी पूर्वानुमान महाशाखाको स्पष्टोक्ति : ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’
रसुवामा कार्यरत कालिकोटका ६ जना सम्पर्कविहीन
रसुवाको बाढीमा दैलेखका पाँच जना अझै सम्पर्कविहीन
रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित
फिरन्ते बस्तीमा मदिराको डढेलो !
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह
दक्षिण कोरियाका विदेशमन्त्री चो र परराष्ट्रमन्त्री शिशिर खनालबिच भेटवार्ता






