एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई फाइनल पुग्न १४८ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल बनायो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । उनले ७६ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाएका हुन ।

त्यस्तै बसिर अहमदले ४७ रन बनाउँदा देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ ओमानका जय ओडेडरा र हस्नैन शाहले समान ३र३ विकेट लिए । त्यस्तै मुहम्मद इमरानले २ विकेट लिँदा शकील अहमद र मुजिबुर अलीले समान १र१ विकेट लिए । ओमान अहिले जवाफी ब्याटिङ्मा उत्रेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’