अटो दुर्घटनामा आमाछोरीको मृत्यु

काठमाडौं । इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा शुक्रबार राति भएको अटो दुर्घटनामा आमा छोरीको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकी २७ वर्षीया कविता श्रेष्ठ र उनका करिब ८ वर्षीया छोरी सुस्मिता श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनापछि दुवै जनालाई झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो ।

दुर्घटनामा घाइते अन्यको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

बालेन सरकार: २ सय दिनमा जम्मा २७ प्रतिशत प्रगति !