काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत नकुल शर्मा मृत फेला परेका छन् ।
रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार, त्रिशूली नदीको किनार गोरखातर्फ शर्माको शव भेटिएको हो ।
हुम्ला ताजाकोट गाउँपालिका–२ का स्थानीय वासिन्दा शर्माको शव पोष्टमार्टमपछि परिवारले बुझेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 291 times, 1 visits today)
सम्बन्धित समाचार
टिमुरेस्थित सशस्त्रको बीओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन
भोटेकोशी बाढी : उद्धार, उपचार, राहत र पुनःस्थापनाका निम्ति १२ टोली परिचालन
बाढीबाट यातायात क्षेत्रमा भएको क्षति सम्बन्धमा अध्ययन गर्न समिति गठन
बाढीमा फेला परेका ४८९ शवमध्ये ३९३ को पहिचान हुन सकेन
‘पुरातात्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’
भोटेकोशी बाढी : ९८७ को शव फेला, ३ हजार ९१६ जना सम्पर्कविहीन






