वासिङ्टन । मध्यपूर्वमा पुनः चर्किएको द्वन्द्वका कारण इन्धनको मूल्य बढेपछि अमेरिकामा मुद्रास्फीति थप तीव्र भएको छ । यसले आगामी मध्यावधि निर्वाचनअघि अमेरिकी उपभोक्ताको खर्च र जीवनयापनको लागतसम्बन्धी चिन्ता थप बढाएको छ ।
अमेरिकी श्रम विभागका अनुसार अगस्ट महिनामा उपभोक्ता मूल्य सूचकांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ दशमलव ४ प्रतिशत बढेको छ । जुलाईमा पनि वार्षिक मुद्रास्फीति ३ दशमलव ४ प्रतिशत नै थियो ।
तर मासिक आधारमा भने मूल्यवृद्धिको गति तीव्र भएको छ । अगस्टमा उपभोक्ता मूल्य ० दशमलव ४ प्रतिशत बढेको छ, जबकि जुलाईमा यो वृद्धि केवल शुन्य दशमलव १ प्रतिशत थियो ।
मध्यपूर्वमा पुनः सुरु भएको हिंसात्मक द्वन्द्वपछि पेट्रोलियम तथा इन्धनको मूल्यमा आएको उछालले समग्र मुद्रास्फीतिमा दबाब थपेको हो ।
कोरोना महामारीपछि मूल्यवृद्धि अत्यधिक बढेको पाँच वर्षभन्दा बढी समय बितिसक्दा पनि अमेरिकामा महँगी अपेक्षाकृत उच्च स्तरमै कायम छ । नयाँ तथ्यांकले मुद्रास्फीतिसँग जुधिरहेको अमेरिकी केन्द्रीय बैंकमाथि ब्याजदरसम्बन्धी दबाब पनि बढाएको छ ।
केन्द्रीय बैंकले आगामी साता आफ्नो प्रमुख ब्याजदर बढाउने निर्णय गरेमा त्यसको असर आगामी महिनाहरूमा घर कर्जा र सवारीसाधन कर्जाको लागतमा पर्न सक्नेछ ।
अमेरिकामा आगामी मध्यावधि निर्वाचन अब करिब सात सातामात्र बाँकी रहँदा महँगी र दैनिक जीवनयापनको लागत मतदाताका प्रमुख चासोमध्ये एक बनेको छ ।
–––
सम्बन्धित समाचार
अमेरिकी आक्रमणपछि इरान रणनीति : ‘कुचल्ने र चकनाचुर पार्ने’
तापक्रम वृद्धि : १.५ डिग्री लक्ष्य जोगाउन नयाँ रणनीतिमा जोड
चिनियाँ एजेन्ट बने अमेरिकी पत्रकार, अमेरिकी अदालतले सुनायो जेल सजाय
इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र
रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा
मस्कोमा अमेरिकी टोलीले युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग गरे तीन घण्टा विशेष छलफल
अगस्टमा विश्व इतिहासमै अहिलेसम्मकै उच्च तापक्रम
रिपब्लिकनलाई जिताए प्रत्येक वयस्क अमेरिकीलाई ५ हजार डलर: ट्रम्प






