मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु

कर्णाली । मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बरिपाटीका ५५ वर्षीय आशा बुढाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार सडकपेटीमा हिँडिरहेकी बुढा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएपछि माया नर्सिङ होम पुर्याइएको थियो ।

त्यहाँबाट कर्णाली प्रदेश अस्पताल पुर्याइएकामा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार