मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शनिबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबीचको डिभाइडरमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई प्रहरी टोलीले उद्धार गरी बिहान ३स्२३ बजे उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको थियो ।

उपचारका क्रममा मोटरसाइकल चालक इनरुवा नगरपालिका–३ बस्ने २९ वर्षीय पारस थापाको बिहान ५स्११ बजे र पछाडि सवार जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारी ३४ वर्षीय सागर रेग्मीको बिहान ४स्५२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । दुर्घटना’bout थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत