काठमाडौं । बाढी प्रभावित रसुवाको गाउँ बस्तीमा ड्रोन उपकरणमार्फत खाद्यान्न ढुवानी सुरु गरिएको छ।
ड्रोन ढुवानी सेवाको पहिलो दिन आइतबार स्थानीय हाकुबेँसी क्षेत्रमा खाद्यान्न पुर्याइएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार चीन सरकारबाट प्राप्त ड्रोनको पारवहन क्षमता ८० किलो भनिए पनि परीक्षणका क्रममा प्रतिउडान ५३ किलोका दरले ढुवानी गरिएको छ।
आइतबार १२ वटा उडानमार्फत करिब ६६४ किलो खाद्यान्न ढुवानी गरिएको अधिकारीले जानकारी दिए। उनका अनुसार यसैगरी टिमरेको घट्टेखोलामा तीन, हाकु क्षेत्रमा दुई र डाँडा गाउँ क्षेत्रमा एक गरी ६ वटा सिम्रिक एयरको हेलिकप्टरमार्फत शव व्यवस्थापनका लागि नुवकोटाको विदुर पठाइएको छ।
भदौ १० गतेको भोटेकोशी हुँदै आएको बाढीमा परेर रसुवामा अहिलेसम्म १६९ शव संकलन गरिएको जिल्लाका प्रहरी प्रमुख अशोक थापाले जानकारी दिए।
सम्बन्धित समाचार
टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
एचआइभीका नयाँ रोगी पहिचान
विकास आयोजनाको स्थलगत अनुगमन गर्दै सभापति ढकाल
अटो र स्कुल बस ठोक्किँदा मृत्यु हुनेको संख्या तीन पुग्यो, सबैको पहिचान
स्वस्थ बुढ्यौली र हजुरआमाको सम्मानका लागि ‘दौडिन्छिन् हजुरआमा’
अध्यारोबाट उज्यालो देखेपछि …
फोहोर व्यवस्थापन’bout प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय






