काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३ बजेदेखि खुला गरिने भएको छ।
तीजका दिन भदौ २९ गते सोमबार भक्तजनका लागि विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको ठूलो भीड लाग्ने भएकाले भक्तजनको सहज व्यवस्थापनका लागि मन्दिरबाहिर पाँच वटा लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि आठ वटा लाइनको व्यवस्था गरिने भएको छ ।
तीज पर्वका दिन दर्शन मार्ग मेला क्षेत्र र दर्शनार्थीहरुको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलको पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ ।
दर्शनार्थीमध्ये महिलाको संख्या उल्लेख्य हुने भएकाले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन महिला सुरक्षाकर्मीको संख्या बढाउने कोषले जानकारी दिएको छ ।
यस्तै, तीजका दिन काठमाडौं उपत्यकामा सवारी चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि छुट्टाछुट्टै पार्किङस्थल तोकिएको छ ।
विशिष्ट व्यक्तिका सवारीसाधन पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था गरिएको छ भने अन्य सवारीसाधनका लागि भने भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ, तिलगंगा र उमाकुण्ड पार्किङस्थल निर्धारण गरिएको कोषकी सदस्य संगिता कुमारी रामले जानकारी दिइन् ।
कोषले पशुपति नाथको दर्शन गर्न आउने भक्तजनलाई बहुमूल्य गरगहना नलगाई आउन र साना बालबालिकालाई साथमा नल्याउन समेत आग्रह गरेको छ ।
सम्बन्धित समाचार
‘पुरातात्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’
चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व
चेपाङ समुदायले घरघरमै मनाए न्वागी
आधुनिकताका बीचमा नेपाली मौलिक ‘घुमाउने घर’ हराउँदै
केएमसीका तीन हजार विद्यार्थीले ‘एक चिहान’ नाटक गरे अवलोकन
युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग
त्रिशूलीपारीका पीडितको उद्धार न राहत
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात






