काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
‘फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजम’ द्वारा राजधानीमा आयोजित दुईदिने ‘काष्ठमण्डप डाइलग’ तेस्रो शृङ्खलाको आज समापन गर्दै उनले तीव्र आर्थिक, वैज्ञानिक तथा प्राविधिक विकास गरिरहेको चीनबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए ।
नेपाली कम्युनिष्ट पार्टीका नेता खनालले दुई देशबीचको सम्बन्धलाई अझ समुन्नत बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
नेपाल–चीन सम्बन्धका लागि बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय वातावरण’, ‘पार्टी निर्माण र सुशासनका अनुभव आदानप्रदान’, ‘व्यावहारिक सहयोगः भूराजनीति, व्यापार र कनेक्टिभिटी’, ‘जलवायु उत्थानशीलता र सीमापार जोखिम घटाउने’, ‘नेपाल–चीन सांस्कृतिक तथा जनस्तरको सहयोग’ र ‘युवाको भूमिका स् अर्को पुस्ताको मित्रता निर्माण’ ’boutमा विचार आदानप्रदान भएको थियो ।
सम्बन्धित समाचार
सांसद आशिका तामाङ र वडाध्यक्षबीच किन भयो भनाभन ?
प्रधानमन्त्री भेट्न रवि लामिछाने सिंहदरबारमा
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
बाढी प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल
रास्वपा सभापति लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता
सदस्यता नवीकरण गरेकालाई महाधिवेशनमा सहभागी गराउन शाहीको माग
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छ : मन्त्री गौतम
उद्योगमन्त्रीमा सुनसरीका साह सिफारिस






