उपत्यका भित्रन नगरपालिकाको अनुमति अनिवार्य, प्रशासनद्वारा सवारी पास बन्द

काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्रनेको हकमा थप कडाइको नीति लिएको छ । अब काठमाडौं उपत्यका भित्रनेका लागि काठमाडौं उपत्यकास्थित स्थानीय तहको अनुमति अनिवार्य गरिएको हो ।

गत २८ जेठको मन्त्रिपरिषद् निर्णय र गृह मन्त्रालयको ३० जेठको निर्देशनअनुसार उपत्यकाबाहिर रहेकाहरू फर्किन काठमाडौं उपत्यकास्थित आफू बसोबास गरिरहेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था गर्ने निर्णय भएको हो ।

काठमाडौं उपत्यकास्थित सम्बन्धित नगरपालिकाले आउन अनुमति दिएपछि यात्रा गर्ने जिल्लाको प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिन सक्नेछ । त्यसपछि मात्र काठमाडौं उपत्यका भित्रन सकिने भएको छ ।

काठमाडौं उपत्यका भित्रने भन्दा बाहिरिनेका लागि भने कम खुकुलो गरिएको छ । काठमाडौं उपत्यकाबाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात पेस गरेमा सवारी पास दिने निर्णय गरिएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले आइतबार काठमाडौं उपत्यका भित्रने र बाहिरिनेका लागि सूचना जारी गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली लागू भइसकेकाले सवारी पास बन्द गरेको छ ।

मन्त्रिपरिषद्को गत २८ जेठमा बसेको बैठकले लकडाउन खुकुलो बनाउँदै मोटरसाइकल तथा निजी सवारी सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सरकारले गत ११ चैतदेखि जारी लकडाउन खुकुलो बनाउने निर्णय गर्दै मोटरसाइकल तथा साइकललाई पनि सञ्चालन गर्न दिने तर त्यसमा जसले सवारी चलाउने हो चालक मात्र चढ्न पाउने नियम लागू गरेको छ भने निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ ।

सरकारले काठमाडौं उपत्यका भित्रमा उपत्यका भित्र मात्र चल्ने गरी र बाहिरी जिल्लाको हकमा जिल्लाभित्र चल्ने गरी मोटरसाइकल तथा निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसअघि ३ जेठदेखि लागू हुने गरी सरकारले देशका ७७ वटै जिल्लाबाट जारी भएका जिल्लाभित्र सवारी आवतजावतका लागि अनुमति प्राप्त पास खारेज गरेको थियो ।

यस्तै, सरकारले ८ जेठदेखि कोरोना रोकथामका लागि उपत्यकाका भित्रने र बाहिरिने सबै नाका सिल गरेको थियो । काठमाडौं उपत्यका प्रवेश गर्ने क्रम वृद्धि हुँदा बढी जनघनत्व भएकाले काठमाडौं उपत्यका क्षेत्र बढी जोखिममा रहेको देखिएको भन्दै गृह मन्त्रालयले उपत्यका प्रवेश निषेध गर्ने र आगमनको स्रोतमै रोक्न निर्देशन दिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

epaper

ताजा समाचार

कास्कीको किम्रोङ खोला थुनियो, विशेष सतर्कता अपनाउन आग्रह