काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा आफूहरू सहमत हुन नसक्ने जनाएका छन् ।
देउवा समूहका शीर्ष नेताहरूको आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने सो समूहका नेता एनपी साउदले जानकारी दिए । संस्थापन पक्षले आइतबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर १४ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधानबमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो ।
महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट संवोधन गर्न निरन्तर पहलकदमीका लागि सो निर्णय गएिको हो ।
यसअघि पूर्वसभापति देउवा समूहले गत २९ साउनदेखि तीन दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । सो सम्मेलनपछि संस्थापनइतर पक्षले कांग्रेसको छुट्टै १५औँ महाधिवेशन आगामी २१ देखि २३ मंसिरसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।
संस्थापन पक्षले यसअघि नै पार्टीको १५औँ महाधिवेशन आगामी १६ देखि १९ असोजसम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ । यसरी दुबै पक्षले छुट्टाछुट्टै १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको भए पनि सहमति र एकताको प्रयास भने दुबै पक्षबाट कायमै राखेको देखिन्छ ।
सम्बन्धित समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय
पार्टी एकताका लागि त्याग गर्न तयार रहेको कोइरालाको सन्देश
आज ‘जेन्जी’ शहीद दिवस : सार्वजनिक विदा
कांग्रेसको वडा अधिवेशन कार्यतालिका परिवर्तन
उद्योगीको ‘पाता नकसे’सम्म ग्यास अभाव हुने अभिव्यक्ति दिएकी उद्योगमन्त्री यादवले दिइन् राजीनामा
सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छः अमरेशकुमार सिंह
उद्योगमन्त्रीमा सुनसरीका साह सिफारिस
कांग्रेस इतर समूहको बैठक बस्दै






